Advertisement
Advertisement
Advertisement
Advertisement

जाडोयाममा शरीर तातो बनाउने उपाय यस्ता छन्

  |      18:18:00   |  
web imege
web imege

पुष १८, काठमााडौं । जाडो समयमा चिसोबाट बच्नु निकै महत्वपूर्ण हुन्छ। यस्तो मौसममा हामी शरीर तताउने उपाय खोजिरहन्छौं। जाडो महिनामा शरीर कसरी न्यानो बनाउने भन्ने चर्चा गरौं स्

१.तह तहमा कपडा लगाउने
एकैपटक बाक्लो बाक्लो कपडा लगाउनु भन्दा तह तहमा कपडा लगाउदा शरीर न्यानो हुन्छ। जाडोमा बुनेका या रेशमको कपडाहरु लगाउँदा तातो हुन्छ। एकैपटक मोटो कपडा लगाउनुको सट्टा पातलो पातलो ताप दिने कपडा लगाउनु पर्छ।

२.खुट्टालाई तातो राख्नुहोस्
खुट्टालाई तातो बनाउनाले जाडोमा धेरै राहत हुन सक्छ। त्यसकारण घरमा बस्दा भित्र लगाउन मिल्ने चप्पलहरुको प्रयोग गर्नुपर्छ। साथै मोजा लगाउनाले पनि खुट्टा तताउन महत्वपूर्ण भूमिका खेल्छ। मोजा लगाउँदा कहिलेकसो पसिना आउने हुनाले मोजा फेरीरहनु पर्छ। खुट्टा तातो हुँदा सहजै निन्द्रा पनि पर्छ।

३.ओछ्यान तातो बनाउने
पुरै घरमा हिटरले तातो बनाउनु भन्दा सम्भव भएसम्म बिजुलीबाट तात्ने ब्लान्केट प्रयोग गर्नु उचित हुन्छ। यसले बिजुली पनि कम खपत हुन्छ र पैसा समेत बचत हुन्छ।

४.घाम ताप्ने
दिउँसो एकैछिन समय मिलाएर घाम ताप्नाले शरीर न्यानो हुन्छ। दिउँसो घाम पर्ने कोठाका पर्दाहरु खोल्नाले कोठा पनि तातो हुन्छ।

५.सक्रिय रहने
शरीर सक्रिय रही रहंदा न्यानो हुन्छ। एकैछिन हिड्ने, हात खुट्टा चलाई रहने गर्नाले शरीरमा उर्जा रहीरहन्छ।
६। कोठा तातो बनाउनुहोस्
घरमा बाहिरबाट चिसो आउने, झ्याल, ढोका बन्द गर्नुहोस्। तर घर तातो बनाउने रहरमा सबै झ्याल ढोका बन्द गरेर बस्दा या सुत्दा उकुसमुकुस भएर मान्छेको ज्यान नै जान सक्छ त्यसैले विचार गर्नुपर्छ।

७. स्वस्थ र तातो खानेकुरा खाने
जाडो मौसममा सकेसम्म तातो तातो नै खानेकुरा खाँदा शरीरलाई फाईदा हुन्छ। स्वस्थ खानाले शरीरमा उर्जा दिईरहन्छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement