Advertisement
Advertisement
Advertisement
Advertisement

जाडोमा उपयोगी खाना यस्ता छन् जसले रोगसँग लड्ने शक्ति बढाउँदछ

  |      16:55:00   |  
web imege
web imege

पुस १०, काठमाडौं ।  रोगसँग लड्ने शक्ति बढाउन हाम्रो घरमा पाक्ने दाल, भात, तरकारी अचार र विभिन्न स्वस्थकर खानाका अतिरिक्त स्थानीय फलफूल, जस्तो– अम्बा, अमला, सुन्तला, बिमिरो, हलुवावेद, अमिला फलहरू उपयुक्त हुन्छन् । ‘आजकल जाडोमा सुप खानुपर्छ’ भन्ने चलन चलेको छ । सुप खाने विदेशीहरूको राम्रो चलन हो । यस सन्दर्भमा हामी प्रायः के बिर्सिन्छौं भने, हाम्रो भान्सामा पाक्ने दाल, तरकारीको रस, गुन्द्रुकको झोल, तामा र बोडीको झोल पनि सुप नै हुन् । हामी रोटीसँग दाल, तरकारी खान्छौं । विदेशीहरू पाउरोटीसँग सुप खान्छन् ।

अस्ट्रेलियामा ‘पम्पकिन’ सुप भनेर उसिनेको फर्सी पानीमा हाली त्यसमा मखन र मरिच मिलाई खाने चलन छ । हामीकहाँ फर्सीको तरकारीमा भटमास, चना हाली घिउले झानेर भातसँग खाँदा पनि रोगसँग लड्ने शक्ति भएको खाना नै खाएको भन्ने बुझ्दा हुन्छ । पाकेको फर्सीको सुप त हाम्रै घरमा सजिलै बनाउन सकिन्छ । अहिले बजारमा विभिन्न थरीका प्याकेटको सुप पाइन्छन् । त्यस्तो सुपमा धेरै चिल्लो हुन्छ, रसायनहरू पनि धेरै हालेको हुन्छ । प्याकेटका सुप पकाएर चिसो भएपछि ८–१० घण्टा वा एक रात फ्रिजमा राखिदिनुस् अनि फ्रिजबाट निकालेर हेर्नुस्, कतिसम्म चिल्लो हालेको रहेछ भन्ने आफैँ देखिन्छ । वास्तवमा यसमा धेरै चिल्लो जमेको देखिन्छ । अध्ययनले भन्छ, त्यसरी धेरै चिल्लो पदार्थ भएको खाना प्रयोग गर्दा स्वाद त हुन्छ तर स्वास्थ्यमा समस्या पर्न सक्छ । यस्तो सुपको प्याकेट महँगो पनि हुन्छ ।
खाना चपाउन गाह्रो भएको व्यक्तिलाई पनि यो सुप खान सजिलो र स्वास्थ्यको लागि उत्तम हुन्छ । रुघाखोकी लागेर केही खान मन नलागेको बेला यो सुपमा अलिकति कागतीको रस हालेर अलि–अलि गर्दै पिउँदा पनि स्वस्थकर पोषण पाइन्छ । त्यसै गरी विभिन्न थरीका दाल, मास, गहत, चना, मुङ, मुसुरो आदि ६–७ घण्टा भिजाएर, त्यसलाई मिक्सरमा वा सिलौटामा मसिनो बनाई पिसेर कुकरमा सुप बनाए पनि हुन्छ । अथवा फलामको भाँडामा हालेर केही बेर पकाएर, स्वादअनुसार नून, हिङ, गरम मसला, कागती हालेर खान पनि सकिन्छ ।
 यसरी सुप बनाउँदा मुला, गाजर, काउलीको पात पनि मसिनो गरेर हाल्न सकिन्छ । प्रायः पातहरू फालिन्छ तर यस्तो पातमा धेरै सूक्ष्म पोषण तत्वहरू हुन्छन् । यसको साथै पातमा भएको रेसादार पदार्थले पेटको स्वास्थ्य राम्रो राख्न ठूलो भूमिका खेल्छ । रोगसँग लड्ने शक्ति बढाउन ‘पेटको स्वास्थ्य’ को ठूलो महत्व छ । पेटको स्वास्थ्य राम्रो भन्नुको अर्थ खाना राम्रोसँग पच्नु, कब्जियत नहुनु हो ।
चाइनिजहरूले जाडो वा गर्मीमा खाने विशेष सुप ‘हटपट’ हुन्छ । त्यसमा सानो आँचमा विभिन्न तरकारीहरू हाल्दै, अलि–अलि झोल निकाल्दै खाने चलन छ । यसको लागि विशेष भाँडो प्रयोग गर्छन् । त्यसै गरी बर्मिजहरूले पनि खान्छन् । नेपालमा त्यस्तो ‘हटपट’ छैन तर पकाउँदा सानो आँचमा सुप बनाएर खाँदा खानेकुराको पोषण तत्व नष्ट हुन पाउँदैन । हामीले खिर पकाउँदा सानो आँचमा दूध र चामल भिजाएर पकाएपछि पाक्दाखेरि काजु, नरिवल हाल्दा पनि मीठो पौष्टिक खाना हुन्छ । यसले पनि जाडोमा तागत दिन्छ । 
विभिन्न थरीका सुप बनाएपछि स्वादअनुसार मसला, मरिच, टिमुर, जिम्बु, ज्वानो आदि हाल्न सकिन्छ । साथै हरियो धनियाँ, पुदिना, करिपत्ता, तुलसी त सुकाएर पनि प्रयोग गर्न सकिन्छ । यसरी यस्तो वनस्पति सुकाउँदाचाहिँ सीधै घाममा सुकाउनुहुँदैन भन्नेचाहिँ हेक्का राख्नुपर्छ । घाममा सुकाउँदा त्यस्ता वस्तुमा रहेको भिटामिन ‘ए’ कम हुन जान्छ । त्यसै गरी जाडोमा पाइने हरियो लसुन, प्याज, छ्यापी, बन्दा, सलगम आदिको पनि सुप बनाउन सजिलो छ ।
स्थानीय रुपमा पाइने कुनै पनि हरियो तरकारी, दाल, गेडागुडीको सजिलोसँग सुप बनाउन सकिन्छ । दाल र अन्न पकाउनुभन्दा अघि भिजाउनुपर्छ । यदि भिजाइएन भने दालमा भएका तत्वहरू पचाउन गाह्रो हुन्छ । यसले गर्दा छिटो पाक्ने त हुन्छ नै, साथै दाल पचाउन पनि सजिलो हुन्छ । साना बालबालिकाहरू दाल र हरियो तरकारी खान चाहँदैनन् । यस्तो बेलामा दाल वा हरियो तरकारी पिसेर खानामा हाल्न पनि सकिन्छ । यसले गर्दा शरीरमा प्रोटिन पुग्छ । यसरी जाडोको बेलामा खाइने यी सुप अन्य बेलामा पनि प्रयोग गर्न सकिन्छ । यसले परिवारका सबै सदस्यको स्वास्थ्य राम्रो पार्न सहयोग गर्छ ।

                                                                                      स्रोत - प्रकाशित जानकारीमुलक सामाग्री डा. अरुण उप्रेति....फेसबुकबाट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement