Advertisement
Advertisement
Advertisement
Advertisement

जाडोमा छाला बिग्रेला है !

  |      12:19:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २७, काठमाडौं ।जाडो बढेपछि  धेरै मानिस छालाका विभिन्न समस्याबाट  हैरान हुन्छन्। हातखुट्टा फुट्यो, छाला खस्रो भयोजस्ता गुनासा धेरैले गर्छन्। चिसोमा छालाका धेरै समस्या लिएर बिरामी उपचारमा आउने गरेको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालकी वरिष्ठ छाला रोग विशेषज्ञ सीमा सिटौला बताउँछिन्। उनका अनुसार छालालाई बाहिरी वातावरणबाट बचाउने एउटा तह हुन्छ। यो तहको काम पानीलाई छालामै राख्नु र नरम बनाउनु हो। चिसोका कारण छालामा लेयर ९तह० बन्दैन र छालाको पानी बाहिर निस्कन्छ। जसका कारण छाला सुक्खा हुन्छ। यसमा क्रममा छालामा कत्ला आउने, अनुहारलगायत देखिने भागका छाला फुट्ने, चिलाउने, बढ्दै गएर छालामा एक्जिमा रोग लाग्ने, हातखुट्टा सुन्निने र जोर्नी दुख्ने लगायतका समस्या देखापर्छन्। चिकित्सकका अनुसार जाडो मौसममा छालामा यी समस्या आउन नदिनका लागि खानपान तथा छालाको हेरचाहमा विशेष ध्यान दिनुपर्छ। बजारमा जथाभाबी पाइने मोस्चराइजर क्रिम प्रयोग गरेको पनि देखिन्छ। तर यसको प्रयोगपछि पनि सुधार हुँदैन। यसको कारण के हो भने सबै क्रिममा छालालाई नरम बनाइराख्ने तत्व नहुनु र कतिपय अवस्थामा क्रिमको सही प्रयोग गर्न नजान्नु पनि हो।

 

तपाईं कुनै मोस्चराइजर क्रिम प्रयोग गर्दै हुनुहुन्छ भने तातो पानीले शरीर भिजाएलगत्तै प्रयोग गर्नुपर्छ। क्रिम छनौट गर्दा सकेसम्म छाला नरम बनाउने तत्व  भएको गर्नुपर्छ। यो कुरा सबैलाई जानकारी हुँदैन। आफ्नो छालाको प्रकृतिअनुसारको क्रिम प्रयोग गर्न छाला रोग विशेषज्ञको सल्लाह लिनुपर्छ। यदि तपाईंको पहुँचमा छाला रोग विशेषज्ञ छैनन् भने नरिवलको तेल र भ्यासलिनजस्ता चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ। चिकित्सकका अनुसार छालालाई सुन्दर र नरम राख्न खानाको पनि उत्तिकै भूमिका हुन्छ। जाडो मौसममा छाला सुन्दर राख्न र विभिन्न रोगबाट बच्न ओलिभ ९जैतुन०को तेल, ओखर, एभोकाडोजस्ता चिजको नियमित प्रयोग गर्नुपर्छ।

नागरीक खबर 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement