Advertisement
Advertisement
Advertisement
Advertisement

जाडोमा कसरी स्वस्थ रहने?

  |      12:12:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २७, काठमाडौं ।जाडोमा विभिन्न खालका भाइरसहरू सक्रिय भइरहेका हुन्छन्। जसका कारण रुघाखोकी, टन्सिलजस्ता संक्रमण बढिरहेको छ। यस्ता समस्याबाट जोगिन भीडभाडमा नजाने, जानै परे सावधानी अपनाउनु पर्छ। जस्तो, भरमर्दो मास्क लगाउने। यस्ता संक्रमणबाट बच्न सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ। मौसमी रुघाखोकी लागेका व्यक्तिले अरूलाई नसरोस् भन्नका लागि आफूले प्रयोग गरेका रुमाल या टिस्यु पपेर जथाभाबी नराख्ने, सुरक्षित ठाउँमा मात्र राख्ने गर्नुपर्छ। छुट्टै ठाउँमा बसेमा अरूलाई संक्रमण हुँदैन। हातबाट भाइरस संक्रमण नहोस् भनेर सेनिटाइजर ९हात सफा गर्ने तरल पदार्थ० प्रयोग गर्ने। सार्वजनिक स्थलका झ्याल, ढोका या बसका डण्डी छोएर त्यही हातले आँखा, नाक, मुख नछुने। किनकि यी भागबाट भाइरसस संक्रमण हुनसक्छ।

 

पोषिलो खाना खाने:

चिनी र चिल्लो कम खानुहोस्। तर भिटामिन बी, सी, डी र ई भएका खानेकुरा खानामा समावेश गर्नुहोस्। पर्याप्त मात्रामा तातो झोल, अन्डा, माछा, मासु, सागपात, मौसमी फलफूल, गेडागुडी, तरकारी, पिस्ता, काजु, ओखर, एभोकार्डो, कागती, मौसम, सुन्तला जुनार, स्ट्रेबरीजस्ता चिजबिज प्रशस्त मात्रामा खाने।

 

पर्याप्त पानी पिउने:  

जाडोमा उति पानी प्यास लाग्दैन। किनकि चिसो मौसममा हाम्रो शरीरले पानीको आवश्यकता महसुस गर्दैन। तर पनि स्वास्थ्यका लागि जाडोमा पनि पानी प्रशस्त पिउनु आवश्यक हुन्छ। जाडोमा छालालाई सुन्दर राख्न तथा शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न पानीले ठूलो मद्दत पुर्‍याउँछ। तर गर्मी मौसममा जति धेरै पानी भने शरीरलाई आवश्यक पर्दैन।

 

सक्रिय रहने:
के तपाईं जाडो छ भनेर हिँड्डुल, व्यायाम तथा कुनै पनि शारीरिक काम गर्न अल्छी मान्नुहुन्छ रु सावधान १ यसो गर्नु स्वास्थ्यका लागि घातक हुन्छ। जाडोमा खाना बढी रुच्छ। तर शारीरिक श्रम गरेनौं भने हामीले खाएका खाना शरीरमा जम्मा भएर बस्छ र त्यसले तौल तथा मोटोपना बढाउँछ। चिसोमा बाह्य सम्पर्क कम हुने डिपे्रसनसमेत हुने खतरा हुन्छ। त्यसकारण घाम लागेका बेला बाहिरफेर निस्कने साथीहरूसँग चियापान तथा भेटघाट गर्ने गर्ने गर्नुपर्छ। यसले मानिसलाई सक्रिय र फूर्तिलो बनाउँछ।

 

सक्दो न्यानो रहने:
शरीरमा चिसो पसेमा विभिन्न रोग लाग्नसक्ने भएकाले चिसोबाट जोगिनुपर्छ। यसका लागि तातो सुप तथा खानेकुरा सेवनका साथै न्याना कपडा लगाउनु पर्छ। जाडो मौसम वृद्धवृद्धा र दीर्घरोगीका लागि ज्यादा कष्टकर हुने भएकाले उनीहरूले विशेष सजगता अपनाउनुपर्छ।

 

घरमा ढुसी उम्रिन नदिनुहोस्:
चिसोका कारण हामी घरका झ्याल–ढोका प्रायः बन्द राख्छौं। जसका कारण कोठामा हावा छिर्न पाउँदैन र घाम नपर्ने भागमा ढुसी उम्रिन सक्छ। यस्ता ढुसीले रुघाखोकी लाग्ने, नाक चिलाउने, आँखा चिलाउनेजस्ता एलर्जीका समस्या हुन सक्छ। यसकारण घरमा बेलाबखत झ्याल–ढोका खोलेर घरमा हावा तथा घाम छिर्न दिनुपर्छ। साथै सफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ।

 

दम व्यवस्थापन गर्नुहोस्:
जाडोमा सबैभन्दा बढी दमका रोगीलाई सताउने भएकाले यस्ता समस्या भएकाहरूले विशेष ध्यान दिनुपर्छ। वृद्ध उमेरका व्यक्तिले आफ्नो दमलाई समयमै व्यवस्थापन गर्नुपर्छ। यसका लागि चिकित्सकले सिफारिस गरेका औषधि नियमित सेवन गर्ने तथा न्यानोमा बसेर आफूलाई सहज पार्नुपर्छ।

नागरीक खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement