Advertisement
Advertisement
Advertisement
Advertisement

जाडोमा मुटुलाई कसरी जोगाउने ?

  |      17:35:00   |  
जाडोमा मुटुलाई कसरी जोगाउने ?

माघ ६, काठमाडौं।  जाडो मौसममा चिसोले रक्तचाप बढ्न सक्छ। रक्त चाप भएकोहरुमा रगत बाक्लो भै मुटुमा समस्या आउने, चिसोले रक्त संचार कम गराउने हुँदा विशेष ध्यान दिनु आवश्यक छ ।

मुटुलाई कसरी स्वस्थ राख्ने ?

नियमित रूपमा शारीरिक व्यायाम गर्ने
सक्रिय रहेमा मुटुले काम राम्रोसँग गर्न सक्छ। त्यसैले, दैनिक ३० मिनेट हिँड्नु, योग गर्नु, वा हल्का व्यायामले रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणमा राख्छ। तर, अत्यधिक हुस्सु लागेको बेलामा नभएर हल्का घाम लागेको बेलामा व्यायाम गर्नुपर्छ ।

स्वस्थ र सन्तुलित आहार सेवन गर्ने
हरियो सागसब्जी, फलफूल, ओमेगा(३ फ्याटी एसिड भएको माछा, र फाइबरयुक्त खाना खाँदा मुटुको स्वास्थ्य राम्रो रहन्छ। जंक फूड, चिल्लो र नुनिलो खाना भने सकेसम्म कम गरेकै राम्रो ।

रक्तचाप र कोलेस्ट्रोल जाँच
चिसोले रक्तचाप बढाउन सक्छ, जसले मुटुलाई असर गर्न सक्छ। त्यसैले, चिकित्सकसँग परामर्श लिएर नियमित रूपमा रक्तचाप र कोलेस्ट्रोल जाँच गराउनु पर्छ ।

न्यानो रहने, चिसोबाट जोगिने
मुटुलाई जोगाउन चिसोबाट पनि जोगिनुपर्छ । न्यानो लुगा लगाउने, कोठा न्यानो राख्ने र शरीरलाई तातो हुने खालको खानेकुरा खानुपर्छ । चिसो ठाउँमा सकेसम्म बस्नु हुँदैन । किनभने यसले रगतको प्रवाहमा समस्या ल्याउन सक्छ।

मधुमेह र मोटोपन नियन्त्रण
हृदयघातको प्रमुख कारण बन्नसक्छ, मोटोपन र मधुमेह । यी दुई कारकलाई नियन्त्रण गर्न क्यालरी कम भएको खानेकुरा खाने, नियमित व्यायाम गर्ने र मधुमेह भएकोले औषधि छुटाउनु हुँदैन ।

मदिरा र धूम्रपान त्याग्नुहोस्
चिसो मौसममा यी पदार्थले मुटुको स्वास्थ्यमा झनै खराब असर पार्न सक्छ। धूम्रपानले रक्तनली साँघुरो बनाउँछ, जसले मुटुलाई जोखिममा पार्छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement