Advertisement
Advertisement
Advertisement
Advertisement

जाडोमा बालबालिकालाई ‘रोटा भाइरस’को सम्भावना धेरै

  |      17:34:00   |  
web imege
web imege

पुष २१, काठमााडैं । चिसो मौसमसँगै बालबालिकामा ‘रोटा भाइरस’ को संक्रमण देखिने गर्दछ। 

जाडो मौसममा रूघाखोकी लाग्नासाथ यसैबाट ‘रोटा भाइरस’को संक्रमण पनि हुन पुग्छ। यस्ता संक्रमितलाई  झाडापखला लागेर अन्तमा ज्यान पनि जाने सम्भावना रहन्छ।

कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौला जाडो यामको सुरूआतसँगै बालबालिकामा  संक्रमण देखिने गरेको बताउँछन्। 

धेरैजसो चिसो याममा झाडापखालाबाटै रोटा भाइरसको संक्रमण हुने गरेको उनको भनाइ छ। 

निर्देशक बसौलाका अनुसार चिसो याममा ‘रोटा भाइरस’ धेरै सक्रिय हुने र यसबाट बालबालिकालाई पखला लाग्ने गर्दछ।

‘कोल्ड डायरिया’ पनि भनिने ‘रोटा भाइरस’ले सिधैं पेटमा असर गर्ने र पखाला लगाउने गर्छ। 

'पखाला भएपछि बालबालिकाको दिसा पानीजस्तो हुन्छु, उनी भन्छन्, 'निरन्तर पानीजस्तो पातलो दिसा बगेपछि बालबालिकाको शरीरमा पानीको कमी हुने भएकाले पानी पूर्ति हुने नसके ज्यान पनि जान सक्छ।'

निर्देशक बसौलाका अनुसार अस्पतालमा सन् २०१० देखि २०१६ सम्म पखाला लागेर भर्ना भएका पाँच वर्ष मुनिका बालबालिकामा अध्ययन गर्दा ३८ प्रतिशतमा ‘रोटा भाइरस’ देखिएको थियो। 

धेरैजसो एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई यस्तो संक्रमण हुने गरेको पाइन्छ।

जाडोमा बालबालिकालाई हुने झाडापखालाको ३० प्रतिशतभन्दा बढीमा ‘रोटा भाइरस’को संक्रमण हुने गरेको छ। 

झाडापखालाबाट मृत्यु हुने बालबालिकोमध्ये सबैभन्दा धेरै ‘रोटा भाइरस’कै  कारण हुने जनाइएको छ।

अस्पतालमा दैनिक एकदेखि दुईजनासम्म झाडापखालाका बिरामी आउने गरेका छन्।

एक वर्ष मुनिका बालबालिकामा यस भाइरसको संक्रमण धेरै हुने गरेको छ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका बालरोग विशेषज्ञ डा जितेन्द्र अमात्य जाडोयाममा देखिने यस रोगको मुख्य लक्षण झाडापखाला नै रहेको बताउँछन्।

उनी रोटा भाइरसको संक्रमणले झाडापखाला लागे चार पाँच दिनमै सञ्चो हुने उल्लेख गर्छन्। 

खोपले संक्रमण कम हुने

सरकारले रोटा भाइरसको संक्रमणविरूद्ध ‘रोटा रिक्स’ नामक खोप बालबालिकालाई दिने गरेको छ।

उक्त औषधी बालबालिकालाई मुखबाट दुई थोपा खुवाउने गरिन्छ।

सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गत वर्षदेखि  निःशुल्क रूपमा उक्त खोप वितरण गर्दै आइरहेको छ।

खोप जन्मेको छ हप्ता र १० हप्ता गरी शिशुमा दुईपटक खुवाउने गरिन्छ।

निर्देशक डा बसौला ‘रोटा रिक्स’ खोप दिन थालेपछि बालबालिकामा ‘रोटा भाइरस’को संक्रमण कम हुने गरेको बताउँछन्।

'जाडो याममा पहिले दैनिक पाँच जनासम्म यस्ता संक्रमणका आउने बिरामी अहिले एक दुई जना मात्र आउने गरेका छन्', उनी भन्छन्, 'खोपको प्रभावकारिताले ‘रोटा भाइरस’का कारण हुने झाडापखाला कम भएको छ।'

अहिले खोपको कारणले फाट्टफुट्ट मात्र नै उपचार गर्न आउने गरेको डा अमात्यको भनाइ छ। खोपको कारणले अहिले यो वर्ष यस्तो संक्रमणले हुने पखाला घटेको पाइएको उनी उल्लेख गर्छन्। 

लक्षण

‘रोटा भाइरस’को संक्रमणले बालबालिकामा दिनमा तीनरचार पटक पाँच दिनसम्म पातलो दिसा आउने र  बच्चा रूनेजस्ता लक्षण देखिन्छ। 

यस्तै पखालासँगै बान्ता हुने, ज्वरो आउने, खाना नरूच्ने र  बेहोस हुनेजस्ता पनि समस्या देखिने गर्छ। यस्तो लक्षण देखिनासाथ बालबालिकालाई स्वास्थ्य संस्थामा लैजानुपर्छ। भाइरसको संक्रमण बालबालिकालाई छिट्टै हुने भएकाले समयमै उपचार नगरिए थप जटिल समस्या देखिने गर्दछ। 

बच्ने उपाय

‘रोटा भाइरस’बाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने घरमै झोल खानेकुराका साथै आमाको दूध प्रशस्त मात्रामा खुवाउनुपर्छ।

यस्तै छ महिनासम्मको बच्चालाई सादा पानी र जीवनजलसँगै स्तनपान तथा छ महिनामाथिको बच्चा भए जीवनजल, दालको रस, गेडागुडी, तरकारीको रस खुवाउनुपर्छ। 

बच्चालाई समय समयमा नुहाइदिने र सफा राखिराख्ने, बच्चाले लगाउने कपडा दैनिक फेर्ने, उमालेको पानी मात्रै खान दिने गर्नुपर्छ। बालबालिकालाई खानेकुरा खुवाउन अघि राम्रोसँग साबुनपानीले  हात धुनुपर्छ। 

रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement