Advertisement
Advertisement
Advertisement
Advertisement

जर्मन पर्वतारोही नर्भिकको उपचार सेवाको प्रशंसा गर्दै विदेशी मिडियामा छाइन्

  |      18:16:00   |  
web image
web image

फागुन १५, काठमाडौ । केही महिनाअघि नेपालका हिमालहरुको आरोहण गर्ने क्रममा अचेत भएकी एक जर्मन पर्वतारोही मार्टिना कुसले थापाथलीस्थित नर्भिक अस्पतालको उपचार सेवाको प्रशंसा गरेकी छिन् ।

 

नर्भिकको विश्वस्तरीय उपचार सेवाका कारण मृत्युको मुखबाट फिर्ता हुन सफल उनले स्वदेश फर्किएपछि त्यहाँको एउटा सञ्चारमाध्यममा आफ्नो अनुभव साट्दै नर्भिकको उपचार पद्धतिको मुक्तकण्ठले प्रशंसा गरेकी हुन् । सन् २०२२ नोभेम्बरमा मार्टिना कुस नेपालको तेश्रो पटकको भ्रमणमा आएकी थिइन् ।

 

यो पटकको उनको उद्देश्य थियो सगरमाथा आरोहणको । तर, ४००० मिटरको उचाईबाट अगाडि बढ्दै गर्दा उनलाई लेक लाग्यो । स्वास्थ्यमा अनपेक्षितका समस्या एकाएक देखिए । लुक्लाबाट अगाडि बढेको केही दिनपछि उनलाई गम्भीर स्वास्थ्य समस्या देखिएको थियो । मार्टिनाका अनुसार उनलाई पल्मोनरी एम्बोलिज्मको समस्या देखिएको थियो । उनले यसअघि पनि नेपालमा हिमालहरुको आरोहण गरिसकेको थिइन् । यसपटक सजिलै हिमाल चढ्ने उच्च आत्मविश्वाससहित आएकी मार्टिनालाई स्वास्थ्यले साथ दिएन । उनलाई हिमाली क्षेत्रबाट हेलिकोप्टरमार्फत उद्धार गरी काठमाण्डौकै एउटा निजी अस्पतालमा उपचार गरिएको थियो ।

 

मार्टिनाले लेखेअनुसार त्यहाँ उनको स्वास्थ्य अवस्था झनै बिग्रियो । त्यसपछि चिकित्सक र टूर गाइडको सल्लाहअनुसार थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो । काठमाण्डौको त्यो सानो अस्पतालमा उपचार गरियो, तर, म लगातार कमजोर हुँदै गएँ, मेरो स्वास्थ्य अवस्था झनै गम्भीर बन्दै गयो । मलाई थप र थप पूरक अक्सिजन चाहिने भइसकेको थियो । सीटी स्क्यानले पल्मोनरी एम्बोलिज्मको समस्या रहेको पत्ता लगायो । डाक्टरहरूले मेरो फोक्सोमा पानी र रगत भेट्टाए। एम्बोलिज्म हुँदा रगत जम्छ र यदि त्यो रक्तनलीमा अड्कियो भने मृत्यु हुन सक्छ। निमोनिया पनि भयो ।’ उनले स्मरण गर्दै भनेकी छिन्– त्यो सानो अस्पतालले मलाई थप उपचारको लागि काठमाडौंको ठूलो नर्भिक अस्पतालमा सा¥यो। केही दिनपछि औषधि आयो र ज्वरो कम भयो । खान र पिउन मुश्किलले सक्ने भएँ ।’

 

उनले नर्भिकको उपचार–पद्दति, चिकित्सक तथा नर्सहरुको आत्मीय व्यवहार अविश्वसनीय’ रहेको भनेकी छिन् । नर्भिकका डाक्टरहरुद्वारा गरिएको चिकित्सा उपचार अविश्वसनीय थियो र नर्सिब स्टाफको सहानुभूति र हेरचाह महान थियो। मेरो हेरचाह गर्न, मलाई सान्त्वना दिन र मलाई अँगालो हाल्न एक नर्स लगभग चौबीसै घण्टा त्यहाँ तैनाथ हुन्थिन् ।’ उनले भनेकी छिन्– बिरामी भएर बेडमा लडिरहँदा निराश थिएँ । तर, नर्भिकका डाक्टर र नर्सको मीठो व्यवहारले मेरो दिमागमा सकारात्मक सोंचको विकास हुन थाल्यो । आफ्नै घरमा बसेर उपचार गरिरहेको जस्तो लाग्न थाल्यो । अर्को शब्दमा भन्दा नर्भिकका डाक्टर र नर्स मेरा लागि भगवान बने ।’

 

उनी नर्भिक अस्पतालमा ४५ दिनसम्म बसेकी थिइन् । सो अवधिमा पूर्ण रुपमा ठीक भएपछि उनी जर्मनीका लागि उडेकी थिइन् । उनलाई लिन नेपालमा उनका भाई आएका थिए । हाल घरमै थप स्वास्थ्य लाभ गरिरहेकी मार्टिनाले फेरि पनि आफूलाई नेपाल भ्रमणमा जाने उत्कट इच्छा रहेको समेत सो क्रममा बताएकी छिन् ।

 

मसँग नेपाल र यात्राको सकारात्मक सम्झनाहरू छन्। म त्यहाँ चौथोपटक पक्कै जान्छु। मलाई अग्लो हिमाल चढ्नु पर्दैन ।’ उनले लेखेकी छिन्– नेपालमा हिमालयको बीचमा सजिलो पदयात्रा, सांस्कृतिक अनुभव वा विश्रामका लागि प्रभावशाली क्षेत्रहरू पनि छन्।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement