साउन १०, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा ६६ वर्षीय उमाकुमारी आले ,र ९९ वर्षीय लिला आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।
जङ्गली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरुको उपचारपछि निको भएका छन्। ।
स्थानीय नेत्रबहादुर सारुले भने, “उपचारका क्रममा मंगलबार राति उमाकुमारीको अस्पतालमा नै मृत्यु भएको हो”, उनले भने, “लिलालाई उपचार सम्भव नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि मङ्गलबार राति घरमा मृत्यु भएको हो ।”