Advertisement
Advertisement
Advertisement
Advertisement

छिमेकीले बनाइदिए एकल महिलालाई ओत लाग्ने घर

  |      11:29:00   |  
छिमेकीले बनाइदिए  एकल महिलालाई ओत लाग्ने घर

वैशाख २८, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ऐसेलुखर्ककी ८० वर्षीया एकल महिला हीरामाया राईलाई स्थानीय खामाखा खार्चुम समाजमा आबद्ध छिमेकी युवाले घर बनाइदिएका छन् । लट्ठीको सहारामा मात्र हिँडडुल गर्न सक्ने भूकम्पपीडित हीरामायाले नयाँ घर निर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट अनुदान पाए पनि जनशक्ति अभावमा घर बनाउन नसकेर बिचल्लीमा परेपछि समाजमा आबद्ध छिमेकी युवाले श्रमदान जुटाएर घर निर्माण गरिदिएका हुन् ।
 
विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति भएको घर पुनःनिर्माण गर्न प्राधिकरणबाट अनुदानवापतको रकम लिए पनि जनशक्ति अभावमा भूकम्प प्रतिरोधी घर निर्माणको काम गर्न नसक्नुभएकी हीरामायालाई श्रमदान गरेर नयाँ घर निर्माण गरिदिइएको समाजका सचिव नवीन राईले बताउनुभयो । “उमेरले आफँै डाँडामाथिको घामजस्तै अवस्थामा पुग्नुभएकी हीरामायाले जस्तापाता खरिद गर्ने र आवश्यक काठपात तयार पार्नेबाहेक घर निर्माणका अन्य काम गर्न सक्नुभएन”, उहाँले भन्नुभयो, “बालबच्चासमेत नजन्माउनुभएकी हीरामायालाई ओत लाग्ने ठाउँको व्यवस्था मिलाउन श्रमदान गरेर भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएका हौँ ।”

हीरामायाको घर निर्माण गर्न सहभागी छिमेकी युवाले जस्तापाता ओसार्ने, जङ्गलबाट काठपात ओसार्ने, छाना हाल्नेदेखि घर वरपर सरसफाइ गर्नेलगायतका काममा श्रमदान गरेका थिए । प्राधिकरणबाट अनुदानवापत आएको रकम हीरामायाकै लागि बचत गरिदिन उहाँको घर निर्माणमा सहभागी सबै युवाले आ–आफ्नै घरको खाना तथा खाजा खाएर निःशुल्क श्रमदान गरिएको समाजका सचिव राईले बताउनुभयो ।
 
जस्तापाताको छाना हालेर चिटिक्क पारिएको हीरामायाको घर वरपर लामो समयदेखि थुप्रिएको फोहरसमेत सरसफाइ गरिएको समाजले जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनका बीचमा पनि समाजमा आबद्ध छिमेकीले श्रमदान गरेर घर निर्माण गरिदिएपछि बेसहारा जीवन बिताइरहनुभएकी हीरामायासमेत हर्षित हुनुभएको छ ।

असहाय वृद्धालाई मानवीय हिसाबले निःस्वार्थभावले सहयोग गरेकामा नगर उपप्रमुख विमला राईले सामाजिक सञ्जाल फेसबुकमार्फत छिमेकी अगुवालाई धन्यवाद दिनुभएको छ । “मानवता हराएको मेरो देश र गैरजिम्मेवार नागरिक भनेर यदाकदा बोलिने शब्दहरु आज गलत सावित भएको छ”, उहाँले लेख्नुभएको स्टाटसमा भनिएको छ, “उहाँलाई सहयोग गर्ने छिमेकी उदाहरणीय पात्र हुनुहुन्छ, साह्रै खुशी लाग्यो १ संयोगले मलाई पनि एकछिन आमाको खुशीको मुहार हेर्ने अवसर मिल्यो ।”

विसं १९९६ मा जन्मनुभएकी हीरामायाको घर पुनःनिर्माणमा समाजका सचिव नवीनसँगै श्यामचन्द्र राई, आशिष राई, देविका राईलगायत छिमेकी युवाले निःशुल्क सहयोग गर्नुभएको जनाइएको छ । श्रमदानमा घर निर्माण गरिदिएका उनीहरुले हीरामायाको घरमा पहिलोपटक विद्युत्समेत जडान गरिदिएका छन् ।
 
गाउँमा विद्युत् विस्तार भएको सात वर्षसम्म अन्धकारमा बस्दै आउनुभएकी हीरामायाको घरमा समाजकै पहलमा विद्युत् जडान गरिएको सचिव राईले बताउनुभयो । चुलोमा बलेको आगोको उज्यालोका भरमा खानापिना बनाउँदै आउनुभएकी हीरामायालाई बिजुली बलेपछि सहज भएको स्थानीय बासिन्दाले बताएका छन् ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement