Advertisement
Advertisement
Advertisement
Advertisement

चौरजहारी अस्पतालबाट ८२९ बाट प्रसूति सेवा

  |      10:11:00   |  
चौरजहारी अस्पतालबाट ८२९ बाट प्रसूति सेवा

जेठ २९, रुकुमपश्चिम ।  रुकुम९पश्चिम०को चौरजहारी अस्पतालबाट गत ११ महिनामा  आठ सयभन्दा बढीले प्रसूति सेवा लिएका छन् । चालु आर्थिक वर्ष २०७६÷०७७ को साउनदेखि अस्पतालबाट प्रसूति सेवा लिनेमा रुकुम९पश्चिम०, सल्यान र जाजरकोटका छन् । 
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ ले बनाएको असहज परिस्थितिका बीचमा पनि प्रसूति सेवालाई प्राथमिकता दिइएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले मातृ तथा शिशु सुरक्षालाई विशेष ध्यान दिइरहेको अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताउनुभयो । नेपाल सरकारले लिएको संस्थागत प्रसूति  सुधार कार्यक्रमअन्तर्गत  मातृ तथा शिशु मृत्यु दर घटाउने लक्ष्य सफल पार्नका लागि अस्पतालले २४ सै घण्टा प्रभावकारी प्रसूति सेवा प्रवाह गरिरहेको उहाँको भनाइ छ ।

सरकारले जारी गरेको लकडाउन अर्थात् बन्दाबन्दीका कारण सुत्केरी हुनेलाई प्रत्यक्ष रुपमा असहज भइरहेका अवस्थामा चौरजहारी अस्पतालले भने सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । लकडाउनले प्रसूति सेवामा कुनै असर नगरेको अस्पतालका मेडिकल डाइरेक्टर डा कालेव बुढाले बताउनुभयो । 

लकडाउनकै बीचमा २४ गर्भवतीको सफल शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गत साउनदेखि हालसम्म सामान्य तथा जटिल प्रकृतिका १२४ जनालाई सफल शल्यक्रियामार्फत सुत्केरी बनाइएको छ । 

यसैबीच लकडाउन जारी भएदेखि हालसम्म १३ हजारभन्दा बढी बिरामीले अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् । जटिल तथा सामान्य प्रकारका बिरामीले सेवा लिएको अस्पतालको भनाइ छ । अस्पतालले २५ वर्ष पहिलेदेखि दुर्गम जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको तथा गरीब तथा अतिविपन्न बिरामीलाई  निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको छ ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement