Advertisement
Advertisement
Advertisement
Advertisement

चौबीस घण्टामै ३३४ संक्रमित थप, कुल संख्या २६३४

  |      17:32:00   |  
चौबीस घण्टामै ३३४ संक्रमित थप, कुल संख्या २६३४

जेठ २२, काठमाण्डौ । नेपालमा २४ घण्टाभित्र हालसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । 

दैनिकजसो संक्रमितको संख्या बढिरहेका कारण थप सजग बन्नुपर्ने अवस्था सिर्जना भएको छ । 

पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा स्थापित २१ वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा थप ३३४ नयाँ संक्रमितको पहिचान भएको हो । योसहित देशमा कुल संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ । यीमध्ये २ हजार ४५० पुरुष र १८४ महिला रहेका छन् । 

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ का १२ जिल्ला, प्रदेश २ का ८९सबै०, बागमतिका १२ जिल्ला, गण्डकीका ७ जिल्ला, प्रदेश ५ का ११ जिल्ला, कर्णालीका ६ जिल्ला र सुदुरपश्चिमका सबै ९ जिल्लामा कोरोना संक्रमण विस्तार भइसकेको छ । ७७ मध्ये ६५ जिल्लामा संक्रमित फेला परिसकेका छन् । 

कहाँ कति थपिए ?
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार विराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा सुन्दरहरैंचा नगरपालिका एक २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । 

वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साको पोखरियाका एक किशोरीमा संक्रमण देखिएको छ । 

यस्तै, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा १८ जनाको स्वाब रिपोर्ट पोजिटिभ आएको छ । उनीहरुमध्ये झापाको भद्रपुरस्थित क्वारेन्टिनमा बसेका ३ पुरुष, ताप्लेजुंग स्थायी ठेगाना भई हाल सुनसरीको भोक्राहास्थित क्वारेन्टिनमा बसेका एक पुरुष, मोरंग घर भई हाल भोक्राहाकै क्वारेन्टिनमा बसेका अर्का पुरुष, सप्तरीको राजविराज, हनुमाननगर, कंकालिनी, छिन्नमस्ता र शम्भुनाथ क्वारेन्टिनमा बसेका १३ जनामा संक्रमण पुष्टि भएको छ । 

हेटौडा प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा बाराको आदर्श कट्वालका १ महिला र एक पुरुषसहित कुल ९ जनामा संक्रमण देखिएको छ । 
यस्तै, सिन्धुली कमलामाईका एक पुरुष तथा रौतहटको गुजराका १८ वर्षीय पुरुषमा समेत संक्रमण पुष्ट भएको छ । 

पोखरास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये म्याग्दीका एक पुरुष, बाग्लुंगका १० जना९एक महिलासहित०, पर्वतका ४ पुरुष रहेका छन् । 

यस्तै, स्याङ्जाको कालीगण्डकीका एक पुरुषमा समेत संक्रमण देखिएको छ । 

सेती प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा डोटीको सिलीगुडी पूर्वीचौकी गाउँपालिकाका एक महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यस्तै, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । सबै संक्रमित बाँकेका हुन् । नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका ती संक्रमित सबै पुरुष रहेका छन् । 

यस्तै, काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणका क्रममा १७ जना नयााँ संक्रमित पहिचान भएका छन् । ती सबै कपिलवस्तुको कृष्णनगरका पुरुष हुन् । 

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ । ती सबै दाङका हुन् । दाङको राजपुर गाउँपालिका, बंगलाचुली, घोराही, बबई लगायतका क्षेत्रका रहेका छन् । संक्रमितमध्ये एक महिला र बाँकी पुरुष रहेका छन् । 

त्यसैगरी, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १०६ जनामा संक्रमण पुष्टि भएको छ । 

संक्रमितमध्ये दैलेखका ५ वर्षीया बालिकासहित ५ महिला र ४ वर्षे बालकसहित १०० पुरुष रहेका छन् । मुगुको खत्याडका एक पुरुषमा समेत कोरोना देखिएको छ । 

विराटनगरको कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाको कचनकवलका २ पुरुष तथा खोटाङको हलेसीका ३ पुरुषमा संक्रमण पुष्टि भएको छ । 

प्रादेशिक प्रयोगशाला सुर्खेतमा ८ जनामा संक्रमण देखिएको छ । ती सबै दैलेखकै हुन् । दैलेखको नारायण नपा, नौमूले गाउँपालिकाका २ वर्षका बालक र बाँकी सबै पुरुष छन् । 

काठमाण्डौको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ९३ जनामा संक्रमण पुष्टि भएको छ । 

तीमध्ये बारा महागडी माई नपा, विश्रमापुर र सुवर्ण गाउँपालिकाका ५ जना, धनुषा जनकपुरका ६ जना९एक महिला र बाँकी पुरुष०, कपिलवस्तुको यशोधरास्थित ओडरी मावि, जनचेतना माविको क्वारेन्टिनमा रहेका १२ जना९एक महिलासहित०, महोत्तरीको भंगा नपाका ३ पुरुष, रौतहटको स्थानगज्रा, गढीमाई, दुर्गा भगवती क्षेत्रका ६ महिने बालिकासहित ३ महिला र ८ वर्षे बालकसहित ६१ पुरुष गरी कुल ६४ जनामा संक्रमण देखिएको छ । 

सर्लाहीको श्री प्रावि क्वारेन्टिनमा बसेका ३ पुरुष समेत संक्रमित भएका छन् 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement