Advertisement
Advertisement
Advertisement
Advertisement

चैत २५ गते नर्भिकमा प्रोस्टेटसम्बन्धी समस्या भएकालाई वृहत कार्यक्रम हुने, हेल्थ प्याकेजमा भारी छुट

  |      11:18:00   |  
चैत २५ गते नर्भिकमा प्रोस्टेटसम्बन्धी समस्या भएकालाई वृहत कार्यक्रम हुने, हेल्थ प्याकेजमा भारी छुट

चैत १५, काठमाडौं । यसवर्षको विश्व स्वास्थ्य दिवस(वल्र्ड हेल्थ डे-को अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ ।

आउँदो चैत २५ गते शनिवारको दिन पारेर नर्भिकले विशेष छुटसहितको वृहत निःशुल्क जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिनुभयो ।

यो कार्यक्रममा सहभागी हुनेहरुलाई निःशुल्क यूरिन डिपस्टिक टेस्टको व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ ।

साथै, प्रोस्टेटसम्बन्धी समस्याबाट पीडितको उपचारका लागि अस्पतालमा उपलब्ध प्याकेजमा ३० प्रतिशत भारी छुटको स्किम समेत सार्वजनिक गरिएको छ ।

यसैगरी, सो कार्यक्रममा प्रोस्टेट स्पेशिफिक एन्टीजेन(पिएसए)को परीक्षण शुल्कमा समेत १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।

शनिवार बिहान ८ बजेदेखि सो वृहत जनचेतनामूलक कार्यक्रम नर्भिकको नर्सिङ ट्रेनिङ हलमा आयोजना हुने बताइएको छ ।

कार्यक्रममा सहभागीले वरिष्ठ यूरोलोजीस्ट डा. सुनिल श्रेष्ठ र यूरोलोजिष्ट डा. सञ्जिवभक्त बिष्ट नेतृत्वको टिमबाट निःशुल्क परामर्श सेवा तथा जाँचको सुविधा पाउनेछन् ।

प्रोस्टेट ग्रन्थीका बिरामीले वल्र्ड हेल्थ डेको अवसर पारेर सार्वजनिक हेल्थ प्याकेज तथा जाँचमा छुटको सुविधा लिन तथा निःशुल्क जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनलाइनबाट नाम दर्ता गर्नुपर्नेछ । यो लिंक-https://docs.google.com/form /d/e/1FAIpQLSdHQQHZxdAQmv9VGo33YxAo1zrT3Vl9M-fFk0fyc2PcnC1OYw/viewform)  मा क्लिक गरी नाम दर्ता गराउन सकिनेछ वा ०१५९७००३२ मा समेत फोन गरी थप बुझ्न सकिने सेवा उपलब्ध गराइएको छ ।

नर्भिकले यसअघि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत सुगर रोगबाट पीडितका लागि निःशुल्क र वृहत जनचेतनामूलक कार्यक्रम आयोजना गरिसकेको छ । यस्ता कार्यक्रममा परामर्श सेवा, विभिन्न खालका परीक्षणहरुमा भारी छुटको स्किम समेत ल्याइने गरिएको छ ।

नर्भिकले विगत केही महिनादेखि नै आफ्नो सीएसआरअन्तर्गत यूरोलोजी टिमलाई परिचालन गरी प्रत्येक शनिवार यूरोलोजीको टिमबाट निःशुल्क ओपिडी सेवा समेत सञ्चालन गर्दै आएको छ । हस्पिटलले अन्य विशेषज्ञ डाक्टरहरुको समेत सहभागितामा निःशुल्क ओपिडी तथा परामर्श सेवा समेत सञ्चालन गर्दै आइरहेको छ ।

नाम दर्ता गराउने लिंक :
-https://docs.google.com/forms/d/e/1FAIpQLSdHQQHZxdAQmv9VGo33YxAo1zrT3Vl9M-fFk0fyc2PcnC1OYw/viewform)


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement