Advertisement
Advertisement
Advertisement
Advertisement

चेपाङ समुदायका महिला सीप सिक्ने अवसर माग्दै

  |      17:18:00   |  
web image
web image

साउन १३, मुग्लिन । इच्छाकामनाका चेपाङ समुदायका महिलाले सीप सिक्ने अवसर जुटाइदिन स्थानीय तहसँग माग गरेका छन् । पैरवी मञ्चद्वारा सोमबार इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा आयोजना गरिएको कार्यक्रममा अगुवा चेपाङ महिलाले आत्मनिर्भर बन्न सीपमूलक तालिमको माग गरेका हुन्।

इच्छाकामना–३ का ज्योति चेपाङले आफूलाई आत्मनिर्भर बन्नका लागि चालक९ड्राइभर० पेशामा लाग्ने रुचि भएको र अर्थाभावका कारण तालिम लिनबाट बञ्चित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई चालक बन्न मन छ, तर कहाँ गएर सिक्ने नजिक तालिम केन्द्र छैन, त्यसमाथि आर्थिक जुटाउन सकिँदैन”, ज्योति चेपाङजस्तै दर्जनभन्दा बढी चेपाङ महिलाले चालक भन्ने सपना रहेको बताएका थिए ।
 
यस्तै अन्सु चेपाङले सिलाइबुनाइमा आफ्नो रुचि भएको र सजिलै गर्न सकिने भएकाले तालिम उपलब्ध गराइदिन आग्रह गर्नुभयो । गाउँपालिकाले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिमबारे आफूलाई थाहा नहुनेसमेत उहाँले बताउनुभयो । अर्का चेपाङ महिला सुनिमाया चेपाङले ब्यूटीपार्लर तालिम लिई पसल सञ्चालन गरी आत्मनिर्भर बन्ने इच्छा रहेको सुनाउनुभयो । डिलमाया चेपाङले समयमा उपलब्ध नहुने र आवश्यकतानुसार व्यावसायिकरूपमा खेती गर्न पर्याप्त नहँुदा गाउँपालिकाबाट वितरण गरिने बीउबिजनबाट  लाभदायक नभएको र  तरकारी खेती गर्दै आएकाले कृषि तालिमको व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।  केही चेपाङ महिलाले उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार बस्नुपरेको गुनासो गरेका थिए ।
 कार्यक्रममा वडाध्यक्ष गोवद्र्धन अधिकारीले चेपाङ महिलाको मागबमोजिम सीपमूलक तालिम उपलब्ध गराउन पहल गर्ने र वडा र गाउँपालिकाले कृषिमा विशेष जोड दिएको बताउनुभयो । 
कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य दमनकुमारी चेपाङले आफ्नो रुचि र योग्यताअनुसार विषय छनोट गरेर मात्र सीप लिँदा सदुपयोग हुने बताउनुभयो । उहाँले गाउँ कार्यपालिकामा आफूले सबै माग लैजाने जानकारीदिनुभयो ।  गाउँपालिका कृषि शाखा प्रमुख आनन्द घिमिरेले चेपाङ समुदायका लागि कृषिमा विशेष जोड दिइने र अब सामूहिक खेतीमा लाग्न आग्रह गर्नुभयो ।
 
कार्यक्रममा नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव आइतसिंह चेपाङले विभिन्न सङ्घसंस्थाबाट सहयोग लिनुभन्दा अघि आफ्नो समुदायको पहिचान, धर्म संस्कृतिमाथि असर पुग्छ कि भनेर सोच्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय चेपाङ समुदायमा आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचको विकास भएको बताउनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement