web image
मंसिर २७, काठमाडौं । जाडो महिनाको घाम जतिप्यारो लाग्छ छालाका लागी उति नै लाभदायी पनि छ । जाडो महिनाको घाम शारीरिक स्वास्थ्यको लागी पनि उत्तिकै फाइदाजनकं मानिन्छ । यसका अलावा धेरै घाम ताप्दापनि तपाईको शरीरलाई हानीकारक हुने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । यसकारण, जाडो महिनाको घाम हाम्रो शरीरका लागी कतिको फाइदाजनक छ, सो विषयमा सचेत हुन जरुरी हुन्छ ।
कहिले र कति समय घाममा बस्ने
चिकित्सकहरुका अनुसार एक स्वस्थ व्यक्तिका लागी दिनमा ३० देखि ५० मिनेटसम्म घाममा बस्नु फाइदाजनक मानिन्छ । घाममा भिटामिन ‘डि’ पाइन्छ, जस्ले हड्डिलाई मजबुद बनाउँछ ।
छाला इन्फेक्सनबाट बचाउँछ
बर्षातको मौसममा ब्याक्टेरियाले इन्फेक्सन अधिक बाढाउँछ । चिसोमा घामले राहत दिन्छ । जब छाला सिधा घामको सम्पर्कमा आउँछ तब ब्याक्टेरियाहरु नष्ट हुन्छन् । यस्तै, एक्जिमा र सोरायसिस भएका प्यासेन्टको लागी घाम ज्यादा फाइदाजनक हन्छ ।
राम्रो निन्द्रा ल्याउनमा मद्दत गर्छ
यदि राम्ररी निन्द्रा लाग्दैन र आफ्नो निन्द्राको क्षमता बढाउन चाहानुहुन्छ भने आजैदेखी घाममा बस्न सुरु गर्नुहोस् । यसरी घाममा बस्नाले मेलाटोनिन् नामको र्हमोन रिलीज हुन्छ । जस्ले मानसिक तनावलाई हटाउँछ र निन्द्राको क्षमता बढ्छ ।
घामले बर्ष भरिनै रोगहरुसँग लड्ने शक्ति प्रदान गर्छ
यदि जाडो महिनामा लगातार घाम ताप्नहुन्छ भने यसले वर्षभरि तपाईलाई बिरामी हुनबाट बच्ने शक्ति प्रदान गर्दछ । र, घामले मानिसहरुको प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।
Share this with your friends: