पुस १५, काठमाडौं।
अदुवा
चिसो हावाले गर्दा रक्तनली सुन्निएर पनि टाउको दुख्न सक्छ। यस्तोमा अदुवाको रस सहितको पानी उमालेर खाँदा दुखाइ कम हुन्छ। किनकी अदुवामा सुन्निएको कम गर्ने तत्व हुन्छ ।
ल्वांग
ल्वांगमा दुखाइ कम गर्ने तत्व पाइन्छ । थोरै ल्वांगलाई टुक्रा पारी सफा कपडामा बाँधेर केहीबेर सुँघेमा त्यसको स्वादले टाउको दुखाइ कम हुन्छ ।
चिया
चियामा हुने तत्वले पनि टाउको दुखाइ कम गर्छ । टाउको दुखेको बेला चिनी नहालेको एक कप चिया खाएर केहीबेर आरामगर्दा टाउको दुखाइ कम हुन्छ । चियामा सुकमेल, अदुवा, ल्वाङ, दालचिनी र अलैची हालेको चिया खानु उपयुक्त हुन्छ ।
मनतातो झोलिलो खानेकुरा
मनतातो खानेकुरा जस्तै, मसरुमको सुप, ज्वानोको झोल, तुलसी चिया, तरकारी मिसाइएका सुप कम मसला हालेको खानेकुरा खाँदा पनि शरीर न्यानो बनाइ टाउको दुखाइको समस्या कम हुनसक्छ ।
टाउको मसाज
कपालको जरामा तेल लगाएर हल्का मसाज गर्दा ।।रक्तसंचार वृद्धि भै टाउको दुखाईको समस्याबाट छुटकारा मिल्छ ।