web image
भदौ १९ , काठमाडौं । बेलायतको मेट्रोपोलिटन प्रहरीका भारतीय मूलका डिटेक्टिभ सार्जेन्ट प्रकाश पटेलविरुद्ध चार महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पाँचवटा मुद्दा दर्ता भएको छ।
मेट्रोपोलिटन प्रहरीले जनाएअनुसार नर्थ वेस्ट कमान्ड युनिटमा कार्यरत पटेलमाथि सन् २०२४ मा भएका घटनासँग सम्बन्धित आरोप लगाइएको हो। तीमध्ये एउटा घटना २०२४ को गर्मीयाममा र अन्य चार घटना सोही वर्षको डिसेम्बरमा भएको आरोप छ।
प्रहरीका अनुसार आरोप लागेका चारै महिला पटेलसँग परिचित थिए। अनुसन्धानका क्रममा उनीहरूलाई प्रहरी अधिकारीहरूले आवश्यक सहयोग उपलब्ध गराइरहेका छन्।
पटेललाई अप्रिल २०२५ मा पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई तत्कालै प्रहरी सेवाबाट निलम्बन गरिएको थियो। थप अनुसन्धानपछि बेलायतको क्राउन प्रोसिक्युसन सर्भिस (सीपीएस) ले उनीविरुद्ध मुद्दा अघि बढाउन अनुमति दिएको मेट्रोपोलिटन प्रहरीले जनाएको छ।
पटेलले जुलाई २४ मा पाँचवटा यौन दुर्व्यवहारसम्बन्धी आरोप खेपेका थिए। उनी शुक्रबार लन्डनस्थित वेस्टमिन्स्टर म्याजिस्ट्रेट्स कोर्टमा उपस्थित हुने बताइएको छ।
Share this with your friends: