साउन ३, बागलुङ । अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो ।
ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।
“शनिबार दिउँसो स्थानीयवासीले देखेपछि बरेङ प्रहरी चौकीमा खबर गरे, त्यहाँ प्रहरी पुग्दा रातो टालोमा भ्रूण राखेर गाडेको अवस्थामा थियो”, हवारीले भने, “स्थानीयवासीकै आशङ्काका आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ ।” ती महिलाका श्रीमान् तीन वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरेबियामा छन् ।
केही दिनदेखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए । भ्रूणहत्या गरेर घरमै बसेकी उनलाई प्रहरीले शनिबार राति नै सदरमुकाम ल्याएको छ ।
आज बिहान उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धान थालिने हवारीले बताए । उनले कसको गर्भपतन गराइन् भन्ने विषय खुलेको छैन ।
- रासस
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...