Advertisement
Advertisement
Advertisement
Advertisement

चार सन्तान सहित पानीमा डुबेर मृत्यु भएकी सुकीको गर्भमा ४ महिने शिशु : दैलेख घटना

  |      13:30:00   |  
Web Image
Web Image

चैत ५ , दैलेख । दैलेख आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।

जिल्ला अस्पतालले मृतक सबैको पोस्टमार्टम गरी प्रहरीलाई बुझाएको रिपोर्टमा उक्त निष्कर्ष उल्लेख छ । ‘रिपोर्ट हेर्दा सबै जनाको डुबेर मृत्यु भएको देखिन्छ,’ जिल्ला अस्पताल अछामका प्रमुख डा। अतुल भारद्वाजले भने ।

सुकीले अघिल्लो आइतबार छोरीहरू १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, ५ वर्षकी रजनी र छोरा ८ वर्षीय ललितसँगै कर्णाली नदीमा हाम फालेकी थिइन् । रिपोर्टअनुसार सुकीको गर्भमा ४ महिनाको शिशुसमेत थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गर्भपतन गर्ने विषयमा सुकीका श्रीमान् मानसिंहसँग विवाद भइरहेको थियो ।

घटनाको दुई साताअघि दिदी नाता पर्ने नैना थापाले सुकीलाई केही रकम सापटी दिएकी थिइन् । ‘सापटीकै पैसाले श्रीमान्ले दिनदिनै मदिरा खाएर कुट्ने गरेकाले जन्मिएको बच्चाले पनि दुःख पाउँछ भन्दै उनले आत्महत्या गरेकी हुन सक्छिन्,’ उनले भनिन्, ‘लामो समयदेखि आफू श्रीमान्बाट पीडित भएको कुरा उनले मसँग पनि बताएकी थिइन् ।’ मानसिंहले परपुरुषसँग सम्बन्ध भएको आरोप लगाउँदै सुकीलाई पटक–पटक यातनासमेत दिने गरेका थिए ।

‘घरेलु हिंसाले निम्त्याएको दुखान्त’ 
दुईबीचको झगडा धेरै पटक मिलाएको सुकीका भिनाजु शेरबहादुर सिजापतिले बताए । ‘छोरा चाहिन्छ भन्दै पटक–पटक यातना दिने गरेका रहेछन्,’ उनले भने, ‘लगातारको कुटपिटका कारण सुकीमा मानसिक समस्या पनि देखिएको थियो ।’ एक वर्षको अवधिमा ५र६ पटक माइती गएकी सुकीलाई घरपरिवारसँग मिल्नुपर्छ भन्दै आफूहरूले फिर्ता पठाएको उनी सम्झन्छन् ।
सुकीका छिमेकी एवं तत्कालीन जिल्ला विकास समितिका पूर्वसदस्य खड्कबहादुर शाहीले गर्भमा रहेको बच्चाका कारण सुकी र मानसिंहबीच लामो समयदेखि खटपट चलिरहेको बताए । ‘गर्भमा बच्चा थियो, चेक गरेर छोरा भए राख्ने र छोरी भए अबोर्सन गर्ने कुरा हामीले सुनेका थियौं,’ उनले भने । घटनालाई लिएर दैलेख र अछाममा फरक–फरक मुद्दा दर्ता भएको छ । अछामका प्रहरी प्रमुख डीएसपी तुल्सीराम अर्यालले शव फेला परेपछिको अनुसन्धान अछाममा र त्यसभन्दा अघिको छानबिन दैलेखमा हुने बताए । दैलेख प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले जिल्लामा आत्महत्या दुरुत्साहनको मुद्दा मात्रै चल्ने स्पष्ट पारे । जसअनुसार मृत्युसम्बन्धी मुद्दा अछाममा हेरिने भएको हो ।

मृतकका आफन्तले मंगलबार उजुरी दर्ता गराएका छन् । पोस्टमार्टम रिपोर्ट ढिलो आएकाले मुद्दा दर्ता गर्न ढिलाइ भएको मृतकका भाइ बजिर थापाले बताए । ‘रिपोर्ट आउनै १० दिन लाग्यो,’ उनले भने, ‘६ जनाको ज्यान गएको छ, न्याय पाउने आशासहित मुद्दा दर्ता गरेका छौं ।’ सबै मृतकको पोस्टमार्टम गर्नुपर्ने भएकाले रिपोर्ट आउन समय लागेको जिल्ला अस्पतालका प्रमुख डा। भारद्वाजले बताए ।
ज्योति कटुवालले लेखेको कान्तिपुर दैनिकमा प्रकाशित खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement