Advertisement
Advertisement
Advertisement
Advertisement

बालबालिकाका लागि अस्पतालहरूमा कोरोना वार्ड छैन

  |      13:19:00   |  
web image
web image

साउन ५, विराटनगर । कोरोना महामारीको तेस्रो लहरमा सबैभन्दा बढी जोखिममा पर्ने भनिएका बालबालिकाका लागि अस्पतालहरूमा सरकारले भनेअनुसार छुट्टै कोरोना वार्ड स्थापना गर्ने काम भएको छैन । प्रदेश १ का अधिकांश अस्पतालमा अझसम्म संक्रमित बालबालिकाका लागि छुट्टै वार्ड बनाइएको छैन ।

वार्ड स्थापनाका लागि चाहिने भेन्टिलेटर र अक्सिजनलगायत सामग्री किन्न सूचना निकाल्ने तयारीमा रहेको विराटनगरस्थित कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले बताए । उनले कति बेडको र कहिलेसम्म तयार भइसक्नेबारे यकिन भन्न नसकिने बताए । ‘अहिले संक्रमित बालबालिका आएमा ठूलाकै लागि छुट्टयाएको खाली बेडमा भर्ना गरेर उपचार गर्छौं,’ उनले भने । कोसी अस्पताल परिसरभित्रको कोरोना वार्डमा ६२ बेड, १० बेडको आइसोलेसन वार्ड र उक्त अस्पतालको मातहतमा सञ्चालित विराटनगरको जोगवनी मार्गस्थित कोभिड–१९ उपचार केन्द्रमा १ सय ३ बेड छ ।

कतिपय अवस्थामा ठूलासँगै राखेर उपचार गर्न नमिल्ने हुनाले कोभिड–१९ उपचार केन्द्रमै बालबालिकाका लागि छुट्टै वार्ड बनाइने मेसु डा.दासले बताए । प्रदेश १ सामाजिक विकास मन्त्रालयका डा.रवीन्द्र निरौलाले अस्पतालहरूमा अक्सिजन प्लान्ट लगाउने र आईसीयू सेवा सुरु गर्नेलगायतका गतिविधि भइरहेको बताए । विराटनगरस्थित कोसीको कोभिड–१९ उपचार केन्द्रमा आईसीयूसहितको बालबालिकाका लागि कोरोना वार्ड बनाइने उनले जनाए ।

मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले सरकारले अस्पतालको क्षमताअनुरूप यही प्रयोजनका लागि छुट्टयाएको बजेटअनुसार प्रदेश १ को अस्पतालहरूमा काम भइरहेको बताए । यस प्रदेशमा निजी र सरकारीका गरी ३१ अस्पतालले संक्रमितको उपचार गरिरहेका छन् । केहीले मात्र बालबालिका लागि छुट्टै कोरोना वार्ड बनाएको मन्त्रालयले जनाएको छ । प्रसाईंका अनुसार ती वार्डका लागि कम्तीमा एक बालरोग विशेषज्ञ वा फिजिसियन राख्नैपर्ने भनिएको छ । ‘भदौदेखि सबै अस्पतालहरूमा कोरोना वार्ड सञ्चालन हुने आशा छ,’ उनले भने, ‘त्योअनुरूप अस्पतालहरूको तयारीको अनुगमन गरिरहेका छौं ।’

प्रदेशभर ३ साउनसम्म ७८ हजार १ सय ८९ संक्रमित भइसकेका छन् । तीमध्ये १० वर्ष उमेर समूहका २ हजार ४४ र ११ देखि २० वर्ष उमेर समूहका ६ हजार ३ सय २३ रहेको मन्त्रालयले जनाएको छ । यो संख्या कुल संक्रमितको १० प्रतिशत बढी हो । हालसम्म २० वर्ष मुनि उमेर समूहका २० संक्रमितको मृत्यु भएको छ । प्रदेशभर ५ हजार ५ सय ७२ सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमणले ३ साउनसम्म १ हजार ४ सय ५६ को मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयले २१ जेठमा विज्ञप्ति जारी गर्दै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई २० प्रतिशत शय्या बालबालिकाका लागि छुट्टयाउन भनेको थियो । मन्त्रालयका अनुसार तेस्रो र चौथो लहर आउन सक्ने र यसमा बालबालिका बढी संक्रमित हुन सक्ने अवस्था छ । पहिलो र दोस्रो लहरमा ८ देखि १० प्रतिशत बालबालिकामा संक्रमण देखिएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement