Advertisement
Advertisement
Advertisement
Advertisement

रोकिएन मानव बेचबिखन

  |      00:00:00   |  
Web Image
Web Image

भदौ २१, काठमाडौं । कोभिड–१९ महामारीका कारण लामो समय बन्दाबन्दीको अवस्था रहँदा धेरै विषय ठप्प जस्तै बने तर मानव बेचबिखनको जालो भने यो समयमा पनि विश्वभर मौलाइरह्यो । बन्दाबन्दीमा मानव बेचबिखनका धेरै मुद्दा दर्ता भएन तर पूरै रोक भने लाग्न नसकेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमख दुर्गा सिंह औंल्याउछन् ।

यस वर्ष २२४ वटा मात्र घटना दर्ता हुनु कम सङ्ख्या हो । तथापि बन्दाबन्दीमा बेचबिखनको जालो सक्रिय रहनु गम्भीर विषय भएको उनी बताउछन् ।

ब्युरोकै दर्ता खाता हेर्ने हो भने गत साल बन्दाबन्दीकै समयमा नुवाकोटका मधु श्रेष्ठले सविता नाम परिवर्तनलाई बिहे गर्ने बहानामा दुबईमा बेचेका थिए । नेपालमा ललाइफकाई गरेर वैदेशिक रोजगारका नाममा दुबई पठाए । त्यहाँबाट फर्केपछि विवाह गर्ने भन्दै विदेश जान लाग्ने खर्च भनेर एक लाख ३० हजारसमेत लिए । काम गर्न भनी पु(याइएपछि अरबी घर मालिकले तलाई मैले १५ सय दिराममा किनेको हो भनेर जबरजस्ती करणी गर्न खोजेपछि सविता झसङ्ग भइन्।

इन्कार गर्दा गर्दै तलबसम्म नदिने, शारीरिक र मानसिक यातनालगायतका अनेक दुःख दिन थालेपछि उनी भागेर गैरआवसीय नेपाली सङ्घको शरणमा पुगिइन् । सहयोगीको सहयोगमा अरबीलाई १५ सय दिराम र मुद्दा दायर गरेको अर्को १४ सय दिरामसमेत तिरेर उहाँ यसै वर्ष असार ९ गते स्वदेश फर्कन सफल भइन् ।

नेपालमा माइती नेपालको संरक्षणमा रहँदै पीडक मधु श्रेष्ठविरुद्ध मुद्दा हालिइन् । प्रहरीले उनको उजुरीका आधारमा पीडकलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । यी जस्तै रोजगारको बहानामा बेचिने पुरुषभन्दा महिला बढी रहेको ब्युरोको त्रिवर्षीय तथ्याङ्कले देखाउँछ । 

जसअनुसार आर्थिक वर्ष २०७५र०७६ मा बेचिने पुरुषको सङ्ख्या ७१ हुँदा महिलाको सङ्ख्या ३१६ जना रहेका छन् । त्यस्तै २०७६र७७ मा पुरुष १४ र महिला ११९ जना बेचिएको घटना दर्ता भएको छ । आर्थिक वर्ष २०७७/७८ मा पुरुष चार र महिला १८३ जना बेचबिखनमा परेको मुद्दा छ । मुद्दा दर्ताको हकमा तीन वर्ष नै भने महिलाले भन्दा बढी पुरुषले दर्ता गराएको पाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement