Advertisement
Advertisement
Advertisement
Advertisement

मोरङमा कोरोना संक्रमणबाट दम्पतीको मृत्यु

  |      12:32:00   |  
web image
web image

साउन ५ , मोरङ । मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा कोरोना संक्रमणबाट श्रीमानको मृत्यु भएको तीन दिनपछि श्रीमतीको पनि संक्रमणबाटै मृत्यु भएको छ ।

स्थानीय विवेक मिश्रका अनुसार असार ३१ गते ७८ वर्षीय भैरव राईको तथा आइतबार साँझ ६८ वर्षीया पृथीकलाको मृत्यु भएको हो । परिवारका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मिश्रका अनुसार बाँकी चार जनालाई भने निको भइसकेको छ । तीन साताको अवधिका यस वडामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भइसकेको वडा कार्यालयको तथ्यांक छ । वडा अध्यक्ष राजन पोखरेलका अनुसार निषेधाज्ञा खुकुलो भएलगत्तै वडामा संक्रमितको संख्या बढेपछि एक सातासम्म वडा सिल गरिएको थियो ।

उनका अनुसार निषेधाज्ञा खुकुलो हुनु पहिला वडामा ५० जना संक्रमित थिए । त्यसयता दुई सयभन्दा बढीमा संक्रमण पुष्टि भएपछि वडा सिल गरिएको थियो । ९ हजार १ सय २३ जनसंख्या रहेको उक्त वडामा २ सय संक्रमितमध्ये ५० जना सक्रिय संक्रमित छन् । सबै होम आइसोलेसनमा छन् । निषेधाज्ञा खुकुलो भएसँगै बेलबारी नगरका सबै वडामा कोरोना संक्रमित बढेको नगरपालिकाको तथ्यांक छ ।

नगर स्वास्थ्यप्रमुख सन्तोष विश्वकर्माका अनुसार निषेधाज्ञा खुकुलो भएपछि नगरमा थप ७ सय ३ जना संक्रमित पुष्टि भएको छ । नगरमा अहिले पनि २ सय ८५ सक्रिय संक्रमित छन् । विश्वकर्माका अनुसार वडा १, २, ३ र ११ नम्बर सबैभन्दा बढी प्रभावित छन् । बेलबारीमा कोरोनाबाट २५ जनाले ज्यान गुमाएका छन् ।

- कान्तिपुर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement