Advertisement
Advertisement
Advertisement
Advertisement

पारा ओलम्पिक कमिटीको लापरबाही : पौडीमा खेलाडीको नामै पठाइएन

  |      10:41:00   |  
web image
web image

साउन ६, काठमाडौं ।  राष्ट्रिय पारा ओलम्पिक कमिटी (एनपीसी) ले निर्धारित समयभित्र आवेदन नदिएका कारण टोकियो पारा ओलम्पिकमा नेपालबाट पौडी खेलमा प्रतिनिधित्व हुन नपाएको खुलासा भएको छ । जापानमा शुक्रबार ३२ औं ग्रीष्मकालीन ओलम्पिक सुरु हुँदै छ । अगस्ट ८ (साउन २४) मा ओलम्पिक सकिएको १५ दिनपछि टोकियोमै पारा ओलम्पिक हुनेछ । 

पारा ओलम्पिकमा नेपालबाट पारा तेक्वान्दोकी पलेशा गोबर्द्धनले मात्र प्रतिनिधित्व गर्दै छिन् । ५ खेलका लागि सम्बन्धित खेल संघबाट एक पुरुष र एक महिला खेलाडीको नाम सिफारिस गरिएको थियो । राष्ट्रिय पारा ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटी (आईपीसी) मार्फत कोटा माग गर्नुपर्नेमा पौडी खेलाडीको नाम नै नपठाएको पाइएको हो ।

आईपीसीको बाइपरटाइट कमिसनमार्फत कोटा माग गर्ने गत मे १४ (वैशाख ३१) को समयसीमा घर्केपछि मात्रै एनपीसीले थाहा पाएको थियो । पौडीको भने आवेदन समय अप्रिलमै सकिएको हो । नाम नपठाउनुमा आफ्नो कमजोरी भएको एनपीसीले स्विकारिसकेको छ । वाग्मती प्रदेशसभा सदस्यसमेत रहेकी एनपीसी अध्यक्ष राधा घले र परिवारसहित अमेरिका बसोबास गर्दै आएका महासचिव पशुपति पराजुलीले अन्तर्राष्ट्रिय सम्बन्ध र कमिटी सञ्चालनको अधिकार सचिव विश्वास बस्नेतलाई दिएका छन् ।

सचिव बस्नेतकै कमजोरीले पारा ओलम्पिकका लागि खेलाडीको आवेदन छुटेको र अन्तर्राष्ट्रिय समन्वय बिग्रिएको जनाइएको छ । पराजुली, बस्नेत र सहमहासचिव दीपक केसीलाई मात्र अन्तर्राष्ट्रिय संस्थासँग समन्वयका लागि ई–मेलको पहुँच छ । सचिव बस्नेतले भने ल्यापटप बिग्रिएर ई–मेल गर्न छुटेको तर्क गरे । ‘त्यति बेला मेरो ल्यापटप क्र्यास भएको थियो । त्यसैले यो कामका लागि मैले सहमहासचिव (केसी) लाई जिम्मा दिएको थिएँ,’ उनले कान्तिपुरसँग भने, ‘मैले थाहा पाउँदा आवेदनको समय घर्किइसकेको थियो । पछि आईपीसीका अधिकारीहरूसँग आग्रह गर्दा सम्भव भएन ।’

सहमहासचिव केसी भने सचिवबाट आफूलाई त्यो जिम्मेवारी नआएको दाबी गर्छन् । उनले भने, ‘अन्तर्राष्ट्रिय समन्वयको काम सधैंजसो सचिवज्यूबाटै हुने गरेको थियो । ई–मेल त मैले पनि हेर्ने गरेको छु तर ओलम्पिक सहभागिता सुरुदेखि नै उहाँले नै हेर्दै आएकाले त्यसमा चासो दिइनँ । पारा ओलम्पिकको आवेदनबारे मलाई कुनै जिम्मेवारी आएको छैन । त्यही समयमा म आफैं कोरोना संक्रमित भएर तीन सातासम्म बिरामी परेको थिएँ ।’

एनपीसीले कमजोरी गरे पनि सम्बन्धित खेल संघ वा अन्य संघका नेतृत्वले बेलैमा आवाज उठाउन सकेनन् । भविष्यमा हुने अन्य ठूला प्रतियोगितामा पनि एनपीसीमार्फत नै जानुपर्ने र त्यतिबेला प्रतिशोध लिन सक्ने भयले सबै मौनजस्तै छन् । पारा ओलम्पिकका लागि पारा एथलेटिक्स संघले साङ्बु भोटे र सीता भण्डारीको नाम सिफारिस गरेको थियो । पौडीबाट सरिता थुलुङ र भीम कुमाल, टेबलटेनिसबाट केशव थापा र लली तामाङ, पावर लिफ्टिङबाट निर्मला भण्डारी र दुर्गामान तामाङ, पारा तेक्वान्दोबाट पलेशा र रञ्जना धामीको नाम पठाइएको थियो । तेक्वान्दोकी पलेशा मात्र छनोटमा परिन् । पौडीका लागि भने एनपीसीबाटै अगाडि बढेन । नेपालले पौडी र एथलेटिक्समा पहिलेदेखि सहभागी जनाउँदै आएको थियो ।

पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठले एनपीसीको लापरबाहीले आफ्ना खेलाडी निराश हुनुपरेको बताए । श्रेष्ठ आफैं एनपीसीको कार्यसमिति सदस्य हुन् । कार्यसमिति बैठकमा उनले आफ्ना खेलाडीका लागि आवेदन नगरिनुको कारणबारे जवाफ खोजेका थिए । तर अहिलेसम्म चित्तबुझ्दो जवाफ नपाएको उनले बताए । ‘अन्य खेलको अन्तर्राष्ट्रिय फेडेरेसनबाट कोटा आउँछ । पौडी र एथलेटिक्सको आईपीसीबाटै आउनुपर्ने भएकाले संघले आफैंले केही गर्न सक्ने थिएन । ओलम्पिकसँगै हुने भएकाले पारा ओलम्पिक पनि एक वर्ष सरेको हो । हामीले दुई वर्षअघिदेखि नै खेलाडी तयार पारेका थियौं । जापानकै दाताहरूले सहयोग गरेका थिए । खेलाडीहरू उत्साहित थिए । तर यताबाटै नाम पठाइएन,’ उनले कान्तिपुरसँग भने ।

कार्यसमिति बैठकमा आफूले एक्लै कुरा उठाउँदा अन्य खेल संघका पदाधिकारी चुप बसेको श्रेष्ठले सुनाए । ‘अरू खेल संघका पदाधिकारीहरू पौडीको नआएपछि अब पालो हाम्रै त हो नि भनेर एक शब्द बोलेनन् । अहिले कसैको पनि नआएपछि पछुताएका छन्,’ उनले भने, ‘अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा यस्तो गल्ती नदोहोरियोस् ।’ श्रेष्ठले जिज्ञासा राख्दा आईपीसीका अधिकारीले ‘सबै स्वयंसेवक हो, हेर्न भ्याइएन होला’ भनेर जवाफ दिएका थिए । ‘खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् वा कुनै निजी संघसंस्था कसैले पनि हामीलाई खेल र खेलाडीका रूपमा हेर्दैनन् । राखेपमै दर्ता भए पनि मेरै नेतृत्वको पारा पौडी संघलाई सरकारले कुनै सहयोग गर्दैन,’ श्रेष्ठले भने, ‘बेला–बेला यस्ता दुर्घटना हुन्छन् अनि नरमाइलो लाग्छ ।’

२०५७ सालमा राष्ट्रिय पारा ओलम्पिक कमिटी स्थापना भएको हो । चार वर्षपछि सन् २००४ को एथेन्स पारा ओलम्पिकदेखि यसले अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसयता सबै पारा ओलम्पिकमा नेपालको सहभागिता रहँदै आएको छ । त्यति बेला सुरेन्द्रबहादुर बस्नेत अध्यक्ष र पशुपति पराजुली महासचिव थिए । पराजुली अहिलेसम्म पनि महासचिव नै छन् । बस्नेत २०७२ को अन्त्यसम्म अध्यक्ष थिए । बिरामी भएपछि उनले आफ्ना निकट सहयोगी केदारबाबु सिवाकोटीलाई कार्यवाहक दिएका थिए ।

२०७५ चैतमा पूर्वअध्यक्ष बस्नेतको पारिवारिक नातेदार राधा घले अध्यक्षमा निर्वाचित भइन् । अध्यक्ष प्रदेशसभा सदस्य र महासचिव अमेरिका पलायन भएकाले सम्पूर्ण जिम्मेवारी सचिव विश्वास बस्नेतसँग छ । उनी पूर्वअध्यक्ष बस्नेतका छोरा हुन् । पारा ओलम्पिक कमिटीलाई पारिवारिक संस्थाजस्तो बनाउँदा जिम्मेवारीपूर्ण काममा हेलचेक्य्राइँ हुने गरेको गुनासो सुनिन थालेको छ ।

- कान्तिपुर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement