Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना महामारीले घरमा लामो समय बसेका बालबालिकामा मोटोपनको समस्या बढ्यो, यस्ता कुरामा ध्यान दिन आवश्यक

  |      13:05:00   |  
web image
web image

साउन ५, काठमाडौं । कोरोना भाईरसको कारणले गर्दा पछिलो डेढ वर्षदेखि स्कुल खुलेका छैनन् । बालबालिकाहरु घरमा नै पढाई गरिरहेका छन् । उनिहरुको फिजिकल सक्रियता पनि अहिले खासै हुन सकेको छैन् । यसैकारणले गर्दा अधिकांश बालबालिकाहरुमा मोटोपनको समस्या देखिन थालेको छ । यो विषयलाई लिएर धेरै अभिभावकहरु चिन्तामा पर्न थालेका छन् । यस्तो बेलामा बालबालिकाहरुको हेरचाहा बढाउँन आवश्यक देखिन्छ । 

जब बालबालिकाहरुको उमेर बढ्दै जान्छ तब उनीहरुमा खानेकुराहरुका कारण स्वास्थ्यमा समस्याहरु पनि देखिन थाल्छन् । यसकारण पनि बालबालिकाहरुको स्वास्थ्यमा निकै नै ध्यान दिन जरुरी हुन्छ। 

वास्तवमा बालबालिकाहरु जुनसुकै बेलामा पनि केहि न कहि नखाइ बस्न सक्दैनन् । जस्ले मोटोपन बढाउन मद्दत गर्छ । बालबालिकाहरु खानेकुराका मामिलामा यतिसम्म हुन्छन कि तपाई आफ्नो बालबालिकालाई जुन चिज खान रोक्नु हुन्छ त्यहि चिजका लागी उनीहरु झनै भगडा गर्ने र खाने गरेका यस्ता थुप्रै उदाहरण घरघरमा देख्न पाइन्छ । यस्तो बेलामा उनीहरुलाई गालि गरेर भन्दापनि उनीहरुको बानी सुधार गर्न जरुरी हुन्छ ।  यसो गर्नाले बरु उनीहरुको मोटोपना घटाउँन सकिन्छ । यदि हामी बेलैमा आफ्ना बालबालिकको अनावश्यक पोटोपना लाई नियन्त्रण गर्न सकेनौ भने यस्ले गम्भिर रुप लिन सक्छ । बालबालिकाको खानामा ५०, ३० र २० सुत्र अपनाउनु पर्छ । अर्थात, ५० प्रतिशत प्रोटीन, ३० प्रतिशत कार्बोहाइड्रेट र २० प्रतिशत अन्य न्यूट्रिएट्स जस्ता भिटामिन, मिनरल, फाइबर हुनुपर्छ । यस्तो तरिकाको खाना खानले उनिहरुको स्वास्थ्य राम्रो हुन्छ । मोटापना पनि बढ्दैन् ।
यो चार सुझावहरु ध्यानमा राख्न सके बालबालिकाहरु मानसिक र शारीरिक रुपमा तन्दुरुस्त हुन्छन् ।  

पौष्टिक खाना 
बालबालिकाहरुको राम्रो स्वास्थ्यको लागि राम्रो खानापानको धेरै जरुरी हुन्छ । उनीहरुलाई प्रोटीनयुतm खाना लाभदायी हुन्छ । दाल, अण्डा, दुध, तरकारीमा प्रोटीन पर्याप्त मात्रामा हुनुपर्छ । तर बालबालिकाहरुलाई जामबाट टाढा राख्नु होस् । 

राम्रो निद्रा
बालबालिकालाई राम्रोसँग निद्रा पुरा गर्न दिनुपर्छ । साना बालबालिकाहरु खेलकुदबाट छिटो थाक्छन् । पठनपाठन गर्दा पनि थाक्छन् । यसकारण बालबालिकाको निद्रा पुरा गर्न दिनुपर्छ । 

खेल कुद
कुनैपनि रोगको शुरुवात फोहोरबाट हुन्छ त्यसैले बालबालिकाहरुलाई सरसफाईको बारेमा सानो हँुदादेखि नै सिकाउनुपर्छ । उनीहरुलाई समय समयमा नङ काट्ने, दांत, हाथ–खुट्टको सधै सफा राख्नका लागि सिकाउनुपर्छ ।

यसलाई पनि अपनाउनुहोस्
बालबालिकाहरुलाई बाहिरको खाने कुरा खान दिनुहुदैन् । कसैगरी खान दियो भने पनि उनीहरु यसपछि बाहिरको खानेकुराको माग बढी नै गर्छन् । उनीहरुलाई फास्ट फूड खानबाट बिशेषगरि आमाहरुल नै नियन्त्रण गर्नुपर्छ । किनभने यस्ता खानेकुरा अधिक खायो भने कब्जियतको समस्या आउन सक्छ । बरु उनीहरुलाई महिनामा एक दुई पटक स्वस्थ फास्ट फूड बनाएर खुवाउन सकिन्छ । जस्तै । आटाको पिज्जा नुडल्समा धेरै सागसब्जी मिलाएर ,पास्ता, बर्गर आदि दिन सकिन्छ । तर सन्तुलित मात्रामा नै दिनुपर्छ । 

एउटा अर्को महत्वपूर्ण कुरा बालबालिकाको शारीरिक सक्रियता धेरै बढाउनुपर्छ ।   घर र बगैचाको काममा सहभागी हुन दिनुपर्छ । यस बाहेक बालबालिकाहरुलाई योगा, स्किपिङ्ग र अन्य फिजिकल  एक्सरसाइज गराउनुपर्छ । यदि सभंव छ भने अभिभावक उनिहरुको साथमा दौड, कबड्डी, ब्याडमिन्टन जस्ता खेल खेल्नुहोस् । 

एक अनुसन्धानका अनुसार दुई घन्टा देखि बढी टिभि स्क्रिनका अगाडि बस्नु हानिकारक हुन्छ । तर कोरोनाको समयमा बालबालिकाको समय अनलाईन क्लासको कारणले बढी भएको छ । यो पनि समस्यायुक्त कुरा नै हो । क्लास पश्चात उनीहरुलाई अन्य खेल तथा गतिविधिमा समावेश गराउनु उचित हुन्छ । सामान्यतया टिभि हेर्ने समय बालबालिकाहरु जरुरत भन्दा धेरै नै बढी खाने कुराहरु खान्छन् । यस्ले गर्दा पनि मोटोपना बढिरहेको अनुसन्धानहरुले प्रमाणित गर्न थालेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement