Advertisement
Advertisement
Advertisement
Advertisement

चहलपहल बढ्यो, फूलको व्यापार भएन

  |      11:20:00   |  
चहलपहल बढ्यो, फूलको व्यापार भएन

►शर्मिला पाठक

असार १३, काठमाडौँ  । झण्डै तीन महिनापछि बन्दाबन्दी खुकुलो भएसँगै बजारमा चहलपहल देखिए पनि पुष्प व्यवसायमा परेको असर कायमै छ । विश्वभर फैलिएको कोभिड–१९ का कारण ठूलठूला होटल खुलेका छैनन्, सभा, सम्मेलन र तामझामका साथ हुने गरेका विवाह समारोह पनि भएका छैनन् । यस्ता कार्य रोकिएकाले फूलको व्यापार शून्य प्राय छ । अन्य बजारजस्तै फूलको पसल पनि खुलेको छ तर मानिस अत्यावश्यक सामग्री किने पनि फूल किन्ने एकाध भेटिन्छन् । 

कोरोना महामारीको शुरु हुनपूर्व दैनिक रु एक करोड २५ लाखसम्मको कारोवार हुने गरेको यस व्यवसायमा अहिले मुस्किलले रु २० लाखसम्मको मात्र कारोवार भएको छ । फ्लोरीकल्चर एशोसिएशनलेका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार आगामी १४ गतेसम्म बिहेको लगन परेकाले नगन्य मात्राम फूलको व्यापार भएको हो ।  त्यसपछि  फेरि अहिले भएको कारोवार पनि रोकिन्छ ।  

अन्य व्यापार व्यवसाय पहिलेको अवस्थामा पर्कने क्रममा भए पनि यस व्यवसायलाई पुनः पहिलेकै अवस्थामा आउनका लागि होटल र पर्यटन व्यवसाय सञ्चालन हुनुपर्ने एशोसिएशनको भनाइ छ । कोरोना महामारी तत्कालका लागि नरोकिने र व्यवसायलाई पहिलेकै अवस्था ल्याउनका सहयोग गरिदिन भन्दै एशोसिएशनले  सरकारसँग आग्रह पनि गर्दै आएको छ । पछिल्लो समय नेपाल फूलमा आतमनिर्भर हुँदै गहेको अवस्थाम लकडाउनको कारण धेरैनै नोक्सान भएको छ । कतिले टिपेर बेच्ने बेला भएको फूल काटेर नष्ट गरेका थिए । 
 
हरेक वर्ष तिहार र प्रणय दिवसको समयमा सयपत्री र रातो गुलाब आयात गर्नुपरे पनि अन्य फूलमा भने स्वदेशी उत्पादनले नै धान्दै आएको छ ।  हरेक वर्षको तिहारमा मात्रैै रु १५ करोड सयपत्री फूलको कारोवार हुने गरेको छ । श्रेष्ठले भन्नुभयो, “अहिले स्वदेशमा नै ९३ प्रतिशत फूल उत्पादन हुन थालेकाले ७ प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । 

६० प्रतिशत माला खपत 

खपत हुने फूलमध्ये काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत हुने गर्दछ  । स्वदेश र विदेशमा गरी वार्षिक रु दुई अर्ब ४२ करोडको फूलको कारोवार हुने गरेको छ ।  तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वार्षिकरुपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्य गरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडवाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको थियो ।  

मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्टे«लिया र मलेसियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

विशेष गरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।  

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, नुवाकोट मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । मुख्य गरी काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यसायीले यस पुष्पखेती विस्तार गरिसकेका छन्। 
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement