वैशाख ९, मार्तडीआगोले पोलेर घाइते हुनुभएका यहाँस्थित पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–६ कोटिलाकी ३५ वर्षीया गौचन मियाको जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसक्दा सोमबार काठमाडौँ लगिएको छ ।
आगोले जलेर गम्भीर घाइते हुुनुभएका उहाँ अस्पताल शय्यामा अलपत्र परेको समाचार सञ्चारमाध्यममा आएपछि उहाँलाई थप उपचारका लागि उद्धार गरिएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो ।
अर्थाभावमा पर्नुभएका मियाँलाई नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानको सहयोगमा थप उपचारका लागि काठमाडौँैं पठाइएको हो ।
रासस
Share this with your friends: