Advertisement
Advertisement
Advertisement
Advertisement

घर जान पाउँदा.......

  |      11:29:00   |  
घर जान पाउँदा.......

►केदार मगर
वैशाख १५, खोटाङ । पाँचथरको कुम्मायक–१ यासोकका टेकवीर लावती हिउँदभरि काठमाडौँमा ज्यामी काम गर्नुहुन्छ । बर्खा लागेपछि गाउँ फर्कनुहुन्छ, खेतीपाती गर्नुहुन्छ । छ जनाको परिवार पाल्ने लावतीको आधार यासोकको खेतीपाती र काठमाडौँको रोजगारी हो । चैत लाग्दै थियो, गाउँ जाने तयारी गर्दै हुनुहुन्थ्यो उहाँ । “चैत ९ गते साथीहरुले सुनाए– अब पूरै देश बन्द हुन्छ रे । गाउँ जाने तयारी गरौँ”, लावतीले सम्झनुभयो, “तर मालिकले चैत १२ गते पारिश्रमिक दिने बताए । हामी त विलखबन्दमा प¥यौँ ।” चैत ११ गतेबाट लकडाउन शुरु भयो । उहाँ काठमाडौँमै अड्किनुभयो । 

“परिवार एकातिर छन्, आफू अर्कातिर छु । परिवार चलाउन जम्मा गरेको पैसाले महिना दिन खाएँ । भाग्यले आज घर जान पाएको छु”, आइतबार फिदिममा भेटिनुभएका लावतीले भन्नुभयो, “अझै कतिदिन क्वारेन्टाइनमा बस्नुपर्ने भन्छन् । पैसा नलिए त राम्रै हुन्थ्यो । पक्कै रोग सरेको छैन होला ।” पाँचथरका स्थानीय तहले काठमाडौँमा अलपत्र परेका स्थानीयवासीलाई उद्धार गरी ल्याउने क्रममा लावतीले घर आउने अवसर पाउनुभएको हो । “काठमाडौँमा खोजेर यहाँसम्म ल्याउनुभयो । एक पैसो खर्च पनि भएको छैन”, लावतीले स्थानीय तहका जनप्रतिनिधि र काठमाडौँमा उद्धार गर्ने व्यक्तिलाई धन्यवाद दिँदै भन्नुभयो, “परिवारसँग छुटेर कोठामा थुनिएर बस्नुपर्दा साह्रै दुःख भयो । आज घर आउन पाउँदा खुशी भएँ । अब त नानीहरु (छोराछोरी)लाई यासोक (क्वारेन्टाइन)मै भए पनि देख्न पाउँछु ।”

काठमाडौँ उपत्यकामा अलपत्र परेका जिल्लावासीलाई काठमाडौँमा सक्रिय पाँचथरवासीका सामाजिक सङ्घ संस्थाको पहलमा जिल्ला ल्याइएको हो । उक्त कार्यमा यहाँबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसहित पूर्वसांसदहरु, प्रदेशसभा सदस्यहरु तथा स्थानीय तहले विशेष पहल गरेका हुन् । शुक्रबार र शनिबार मात्रै काठमाडौँमा रहेका २९२ जना जिल्ला आइपुगेको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिनुभयो । 

यसरी आउनेमै पर्नुहुन्छ जिल्लाको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाकी मञ्जु लिम्बू पनि । “घर आउने तयारीमै थियौँ । नानीको परीक्षा सकिँदै थियो । श्रीमान्को बिदा मिलेको थिएन”, घर जाने क्रममा फिदिम आइपुग्नुभएकी लिम्बूले भन्नुभयो, “सानो नानीसँग रातारात हिँड्नुप¥यो । अझै घर पुग्ने टुङ्गो छैन ।” लकडाउन लागू गर्ने निर्णय समयमै नहुँदा काठमाडौँ तथा जिल्ला आउने क्रममा बाटोमा ठूलो सास्ती भोग्नुपरेको उहाँको अनुभव छ । “नानीसँग क्वारेन्टाइनमा छु । छिटो परीक्षण गरी होम क्वारेन्टाइनमा पठाइदिनु भए हुन्थ्यो”, लिम्बूले भन्नुभयो ।

काठमाडौँबाट घर फर्किनेमा पीडा र खुशीको सम्मिश्रण भेटिन्छ । कोही साँच्चै समस्यामा परेर गाउँ फर्केका छन् त कोही आफन्त र छरछिमेकी गाउँ जाने भएपछि काठमाडौँमै बस्न सक्ने हुँदाहुँदै पनि घर फर्केका छन् । घर जाने क्रममा काठमाडौँबाट फिदिम आइपुग्नुभएका जिल्लाको मिक्लाजुङ–३ आरुबोटेका धनकुमार फियाकले भन्नुभयो, “रासन सकिएको थियो । पर्याप्त राहत पनि पाइएको थिएन । धन्न घर आउने मौका पाएँ । निकै दुःख भए पनि गाउँ आउन पाउँदा बेग्लै आनन्द भयो ।”

कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि लकडाउन घोषणा भएको एक महिनापछि काठमाडौँ उपत्यकामा अलपत्र जिल्लावासीको उद्धार गरिएको हो । यसरी उद्धार गरिएकालाई जिल्लामा ल्याई यहाँस्थित क्वारेन्टाइनमा राखिएको छ । “गाउँमा सङ्क्रमण फैलने त्रास हुने हुनाले सबैलाई क्वारेन्टाइनमा राख्ने प्रवन्ध गरेका हौँ । शीघ्र डाइग्नोस्टिक परीक्षण ९आरडिटी० गरेपछि होम क्वारेन्टाइनमा बस्ने गरी घर फर्काउन स्थानीय तहहरुलाई आग्रह गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले भन्नुभयो । ग्रामीण क्षेत्रमा बढेको सङ्क्रमणको जोखिमलाई ध्यान दिन प्रशासनले सबै पक्षसँग आग्रहसमेत गरेको छ ।

पाँचथरजस्तै छिमेकी जिल्ला ताप्लेजुङ घर भई काठमाडौँमा अलपत्र परेकाको उद्धार गरी जिल्ला पठाउने कार्य सम्पन्न भएको छ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँमा अध्यक्ष चित्रगुप्त साँवाका अनुसार काठमाडौँमा अलपत्र परेका ज्यालादारी गर्ने व्यक्ति तथा तिनका परिवार, विद्यार्थी, वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौँमा अड्केकालाई उद्धार गरी जिल्ला ल्याइएको हो । उनीहरुलाई शीघ्र डाइग्नोस्टिक परीक्षणपछि होम क्वारेन्टाइनमा पठाइएको छ । 
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement