Advertisement
Advertisement
Advertisement
Advertisement

घरमै सुत्केरी हुने दर शून्य

  |      15:01:00   |  
घरमै सुत्केरी हुने दर शून्य
►राजेन्द्रप्रसाद पनेरु
वैशाख ३१, कञ्चनपुर ।  कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित देखतभूलीमा घरमा सुत्केरी हुने सङ्ख्या शून्य रहेको छ । 
 
घरमै सुत्केरी हुने परम्परा हटाउनका लागि गाउँपालिकाले वडादेखि निरन्तर रुपमा सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने कार्यक्रम सञ्चालन गरेपछि देखतभूलीमा घरमा सुत्केरी हुने सङ्ख्या शून्य रहेको गाउँपालिकाले जनाएको छ । 
 
परम्परागतरूपमा सुत्केरी हुँदा आमा र शिशु दुबै जोखिममा पर्ने हुँदा सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामै जानुपर्ने सम्बन्धमा व्यापक रुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि सुत्केरी हुनका लागि महिलाहरु नजिकैको बर्थिङ सेन्टरमा पुग्ने गरेको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यकर्मी र महिला स्वयंसेवीकाको अथक प्रयासका कारण गाउँपालिकाको वडा नं ४, ५ र ६ मा घरमै सुत्केरी हुने क्रम रोकिएको हो । 
 
“महिला स्वास्थ्य स्वयंसेविकामार्फत सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामै आउनका लागि घरदैलोमा नै सचेतनामूलक कार्यक्रम गरियो”, स्वास्थ्यचौकी देखतभूलीका प्रमुख लीलाकान्त झाले भन्नुभयो, “गर्भवतीले नियमित जाँच गराएमा हुने फाइदा र पाउने सेवासुविधाबारे जानकारी दिन थालेपछि सुत्केरीका लागि महिला विस्तारै स्वास्थ्यचौकी पुग्न थाले ।”
 
घरमै सुत्केरी हुँदा हुने जोखिम र नवजात शिशुमा पर्ने असरका बारे महिला जानकार बन्न थालेपछि उनीहरु स्वास्थ्यचौकीमा पुग्न थालेका छन् । सो क्षेत्रमा सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामा नै गएर प्रसूति सेवा लिने गरेको उहाँले बताउनुभयो । “पहिले नियमित जाँचका लागि समेत स्वास्थ्य संस्थामा आउन महिला मान्दैन्थ्यो, उहाँले भन्नुभयो, “अहिले आर्थिक रुपमा सम्पन्न मात्रै होइन, विपन्न महिला पनि सूत्केरीका लागि स्वास्थ्य संस्थामा आउने गर्छन् ।” 
 
“नियमित रुपमा गाउँगाउँमा कार्यक्रम गरी स्वास्थ्य संस्थामा सुत्केरी हुँदाका फाइदाबारे सम्झाइरहेका छौँ”, स्वास्थ्यचौकी प्रमुख झाले भन्नुभयो, “स्वास्थ्यचौकीमा तालिमप्राप्त महिला स्वास्थ्यकर्मीले सहजरूपमा प्रसूति गराउँदै आएका छन् ।” जसबाट मातृशिशु मृत्युदर शून्यमा झरेको छ । 
 
घरमै सुत्केरी हुने परम्परा हटाउने गरी स्वास्थ्य संस्थामा प्रसूति सेवाप्रति आकर्षित हुँदा मातृशिशुले ज्यान गुमाउनुपर्ने बाध्यता टरेको छ । राना थारू समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा पहिला महिलालाई परम्परागत तरिकाले सुत्केरी गराइने गरिन्थ्यो । जसबाट आमा र शिशुको ज्यान जाने जोखिम रहन्थ्यो स्वास्थ्यचौकी प्रमुख झाले भन्नुभयो, “बढ्दो जनचेतनाको प्रभावले हाल सबै सुत्केरी हुने महिला स्वास्थ्यचौकी पुग्न थालेका छन् ।” गर्भवती हँुदा र सुत्केरीपश्चात महिलालाई उहाँका घरपरिवारले पोषणयुक्त खानेकुरासमेत दिने गरेका छन् । 
 
नवजात शिशुमा विगतमा जस्तो कुपोषणको समस्यासमेत हटेर गएको छ । गाँउपालिकामा जनप्रतिनिधि आएपछि स्वास्थ्यचौकीमा सुत्केरी हुने महिलाका लागि सुत्केरी उपहार कार्यक्रम सञ्चालनसमेत गरिएको छ । स्वास्थ्यचौकीमा नियमित गर्भजाँच गराउने र सुरक्षित सुत्केरीका लागि स्वास्थ्यचौकी पुग्ने महिलालाई आधा किलो घ्यू, टुथपेस्ट, ब्रस र साबुन उपहारका रूपमा प्रदान गर्ने व्यवस्था गरिएको छ । स्वास्थ्यचौकीमा नियमित गर्भ जाँच गराउने र यातायातवापतको प्रोत्साहन रकम महिलाले अलग्गै पाउने गरेका छन् । “बन्दाबन्दीका बेला सवारीका साधन नपाइँदा महिला घरमै जोखिम मोलेर सुत्केरी हुनेमा आशङ्का गरेका थियौँ”, प्रमुख झाले भन्नुभयो, “कोही पनि महिला बन्दाबन्दीका बेला घरमै सुत्केरी भएका छैनन् । होम डेलिभरी शून्यमा झरेको छ । ”
 
सुत्केरी हुनका लागि स्वास्थ्यचौकी पुग्ने महिलासँग धेरै जना आफन्त पनि स्वास्थ्यचौकी पुग्ने गरेकाले कोरोना भाइरसको सङ्क्रमण रोकथाममा लागि सामाजिक दूरीसँगै सुत्केरी महिलासँग एक जना आफन्तलाई मात्रै स्वास्थ्यचौकीमा प्रवेश दिइने गरिएको छ । अन्यलाई स्वास्थ्यचौकीको गेटमा छिर्न दिने गरिएको छैन । 
 
मासिकरूपमा २० महिलाको सुरक्षित तरिकाले सुत्केरी गराउने लक्ष्य स्वास्थ्यचौकीले लिएको छ । वैशाखमा स्वास्थ्यचौकीमा १०, चैतमा ११, फागुनमा १५ महिला सुरक्षित तरिकाले सुत्केरी भएका छन् । वार्षिकरूपमा २०० महिलालाई सुत्केरी गराउने लक्ष्य लिइएकामा झन्डै १९० महिला सुत्केरी हुनका लागि स्वास्थ्यचौकी पुग्ने गरेका छन् ।
 
चालू आवको हालसम्म स्वास्थ्यचौकीमा १८० महिलाले सुरक्षित सुत्केरी सेवा लिएका छन् । स्वास्थ्यचौकीमै सुरक्षित सुत्केरीका लागि सबै सेवा उपलव्ध हुन थालेपछि बाह्य क्षेत्रमा सुत्केरी हुन जाने महिलासमेत स्वास्थ्यचौकीमा सेवा लिन पुग्ने गरेका छन् ।
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement