Advertisement
Advertisement
Advertisement
Advertisement

घरमै सस्तो मूल्यमा तरकारी

  |      10:56:00   |  
घरमै सस्तो मूल्यमा तरकारी

वैशाख १६, नारायणपुर । दाङमा उपभोक्ताले घरमै सस्तो मूल्यमा तरकारी उपभोग गर्न पाएका छन् । जिल्लाको घोराही उपमहानगरपालिकामा क्रियाशील उज्यालो बिहानी फाउण्डेशन, दाङ चेम्बर अफ कमर्श र बाई सेवालगायत संस्थाले किसानसंँग किनेकै मूल्यमा घरमै तरकारी उपलब्ध गराउन थालेपछि  उपभोक्तालाई राहत भएको छ । 
यसअघि घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग वाणिज्य संघको व्यवस्थापनमा  घरमै उपलब्ध गराइएको तरकारीको मूल्य महँगो भएको उपभोक्ताले गुनासो गर्दै आएका थिए ।  घोराही  ९ का शैलेश अधिकारीले पहिले भिण्डी र  करेला रु १४० केजीका दरले किनेकामा सामाजिक सञ्जालमा घरमै किसानसंँग किन्ने  मूल्यमा तरकारी उपलब्ध गराउने प्रचार देखेर मगाउँदा रु ६० मा किन्न पाएको बताउनुभयो । लकडाउनमा नगरवासीलाई सहज सेवा दिइरहेको बताएका पहिलेका संस्थाले उपभोक्तालाई चर्को मूल्यमा तरकारी बिक्री गरेको उहाँले गुनासो गर्नुभयो ।
संस्थाको कार्यालयमा आउने र घरमै डेलीभरी गर्दा पनि एउटै मूल्य लिने गरेको संस्थाका प्रबन्धक मनोज श्रेष्ठले जानकारी दिनुभयो । 
संस्थाले आजदेखि नगरपालिकाभरि सेवा शुरु गरेको दाङ चेम्बरका अध्यक्ष श्रीधर महराले जानकारी दिनुभयो । गत सातादेखि होमडेलीभरी सेवा शुरु गरेको संस्थाले तयार गरेको अनलाइन फाराम भरेर तरकारीको माग गरेमा घरसम्म पु¥याउने गरिएको छ । 
टोलटोलमा लैजानका लागि चेम्बरेले गाडी तथा घोराही १५ ले इन्धन उपलब्ध गराएको महराले जानकारी दिनुभयो । अहिले लमहीमा धेरै तरकारी उत्पादन भएकाले धेरैजसो  देउखुरी क्षेत्रबाटै आयात भएको उहाँले बताउनुभयो । 
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सेवा र नाफामूलक संस्थाले बिक्री गर्ने दरमा केही अन्तर हुने बताउनुभयो । 
घोराहीमा तरकारी बजार
 लकडाउनका कारण बन्द गरिएका दाङका तरकारी पसल  सञ्चालनमा आएका छन् । जिल्लाको घोराही १४ मा रहेको तरकारी बजारका पसल सञ्चालनमा आएका हुन् ।  कोरोना भाइरसको जोखिम कम गर्न भन्दै स्थानीय प्रशासनको आह्वानमा बन्द रहेका तरकारी पसल सञ्चालनमा आएसँगै स्थानीयवासीले राहत महसुस गरेका छन् । 
दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य रामप्रसाद पोख्रेलले स्थानीय प्रशासनसँग अनुमति लिएर तरकारी पसल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । 
 किसानले दुःख गरेर उत्पादन गरेको तरकारी होमडेलिभरीका नाममा चार सय प्रतिशत महँगोमा त बिक्री हुँदासम्म सम्बन्धित निकायले कुनै चासो नदेखाएपछि तरकारी व्यवसायीले आपत्ति जनाउँदै बजार खोल्न माग गरेका थिए । 
तरकारी व्यवसायीलाई पाखा लगाएर गैरतरकारी व्यवसायीलाई उद्योग वाणिज्य संघले बिक्री गर्न अनुमति दिँदा चार सय प्रतिशत महंँगोमा बिक्री भएको पाइएको तरकारी बजारका अध्यक्ष गुलाम रसुलले बताउनुभयो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले कृषि व्यवसायमा लगानी गरेका व्यवसायीले होम डेलिभरी सेवा प्रदान गरिरहेको बताउनुभयो ।

रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement