Advertisement
Advertisement
Advertisement
Advertisement

घरमा आमा बितिन्, किरिया महाकालीपारि

  |      10:57:00   |  
घरमा आमा बितिन्, किरिया महाकालीपारि

►नरेन्द्रसिंह कार्की
वैशाख ४, दार्चुला ।  मङ्गलबार साँझ घरमा आमा बितेपछि शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बस्नुभएको छ । 

बैसठ्ठी वर्षीया आमा गौमतीको घरमा निधन हुँदा पनि उहाँले भारतीय क्वारेन्टाइनबाट नेपाल आफ्नो जन्मभूमि घर आउन नपाउँदा कालीपारि कै क्वारेन्टाइनमा किरिया बस्नुपरेको हो ।

तीन महिनाअघि भारतमा मजदूरी गर्न गएका भट्ट लकडाउनपछि घर आउँदा धार्चुलामा अलपत्र पर्नुभएको थियो । लकडाउन, आइसोलेसन, क्वारेन्टाइन, सामाजिक दूरी कहिल्यै नसुनेका भट्टले यिनै शब्दका कारण आमाको निधन हुँदा पनि घर आउन पाउनुभएन । 

“मजदूरीकै लागि भारतका काला पहाड गएका हुन्”, उहाँका कान्छा भाइ सुनिलले भन्नुभयो, “चार भाइमध्ये एक्लै घरमा छु । नयाँ वर्षका लागि घर आउने भनेर तीनै जना दाइ भारतमै मजदूरी गर्न गएका थिए । दुई दाइ घर आएनन्, वासुदेव घर आउँदा धार्चुलामा अड्कियो ।” 

विसु पर्व मनाउन एकसरो लुगाका लागि धन कमाउन गएका दाजु आमाको किरिया गर्न पनि स्वदेश आउन नपाउँदा भाइ सुनिल एक्लै किरिया बसेका छन् । 

विश्वभर महामारीको रूपमा फैलिएको कोराना भाइरसका कारण वासुदेव पनि घर आउन खोज्नुभएको थियो तर आउँदाआउँदै नेपाल–भारत दुवैतर्फ लकडाउन भयो । आफ्नो देश आउने प्रवेशद्वारमा ताला लाग्यो । वासुदेवले भन्नुभयो, “अहिले आमाको ज्यान जाँदा पनि घर आउन नपाउँदा क्वारेन्टाइनमै किरिया बसेको छु ।”
 
“ठेकेदारले समयमै काम गरेबापतको ज्याला नदिँदा आउन ढिला भयो, आफ्नै देश फर्किएर विसु मनाउने सपना थियो”, उहाँले भन्नुभयो, “विसुमा आमा गौमति र बुवा खेट्टेलाई भेट्ने सपना थियो । देश फर्किएर आमा बुबासँगै नयाँ वर्ष मनाउने सपनामा बज्रपात भयो ।”
 
सयौँ नेपालीसँगै वासुदेव पनि धार्चुला पुग्नुभएको थियो । “तीन दिनसम्म आफ्नो देश आउन नपाएपछि नाराबाजीसमेत गर्यौँ”, उहाँले भन्नुभयो, “तर महाकालीमाथिको पुलमा बसेका सुरक्षाकर्मीले गेट खोल्दै खोलेनन् । पाँच दिन भारतीय गौशालामा बास भयो, केहीले ज्यानको बाजी लगाएर महाकालीमा हाम्रै आँखा अगाडि फाल हाने । हामी भने महाकालीमा ज्यानको बाजी लगाउन पाएनौँ ।”

वासुदेव जिन्दगीमा पहिलो पटक सुनेको क्वारेन्टाइनमा २० दिनदेखि बस्नुभएको छ । क्वारेन्टाइनमा उहाँजस्ता एक  हजारभन्दा बढी नेपाली धार्चुलामा बसेका छन् ।

आँगनमै आएर पनि आफ्नो देश आउन नपाएका उहाँ दिनदिनै फोनमा परिवारसँग कुरा गर्नुहुन्थ्यो । लकडाउन कहिले खुल्ने हो रु लकडाउन नगरे के हुन्छ भन्ने खासै मेसो नपाएकी उहाँका आमासँग पनि दुई दिनअघि मात्र फोन भएको थियो । “मङ्गलबार साँझ घरबाट फोन आयो, फोन सामान्य थिएन, सोचेँ आमाले गर्नुभएको होला”, वासुदेवले भन्नुभयो, “भाइको रुँदै फोन आयो । आमा बित्नुभयो ।”

देश फर्किन नपाएको उहाँको मनको घाउमाथि फोनबाट आएको खबरले नुनचुक छर्कियो । “आमा सम्झिएँ, मन भरिएर आयो”, उहाँ भक्कानिनु भयो । उहाँका भाइ लोकेन्द्र भारतकै बेङ्गलोरमा र अर्का भाइ माधव दिल्लीमा छन् । भाइहरु पनि गाउँ पुगेका छैनन् । एक्ला भाइ घरमा छन् ।

आमाको मृत्युपछि घर आउँछु भन्दै नेता प्रशासकलाई फोन गरे पनि उहाँ घर आउन सक्नुभएन । अन्ततः उहाँ साथीभाइको सहयोगमा क्वारेन्टाइनमा सेतो लुगा लगाएर किरिया बस्न बाध्य हुनुभयो । 

बहत्तर किलोमिटर टाढा रहेका वासुदेवले आमाको सत्गति गर्न घर पुग्न नपाएपछि अरु नेपाली पनि निराश छन् । शैल्यशिखर नगरपालिका–१ को कार्यालयले वासुदेवलाई आमाको मृत्युपछि गरिने किरियाको आवश्यक काम गर्न बन्दोबस्ती मिलाइदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्दै पत्राचार गरेको छ । 

वडाअध्यक्ष भरतबहादुर खडायतले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै मृत्युपछि गरिने कार्यका लागि आवश्यक समन्वय गरिदिन आग्रह गर्नुभएको हो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल वडा कार्यालयबाट आएको पत्रको आधारमा भारतीय प्रशासनसँग पहल गरिएको बताउनुहुन्छ । “हामीले आवश्यक समन्वयका लागि पत्र पठाएका छौँ”, उहाँले भन्नुभयो ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement