Advertisement
Advertisement
Advertisement
Advertisement

घरघरमा खाद्य सामग्री

  |      12:21:00   |  
घरघरमा खाद्य सामग्री
चैत २१, कनकाई । विकास निर्माणको काममा व्यस्त देखिने स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरु यतिबेला खाद्य सामग्रीको अभावमा छटपटाइरहेका आफ्ना जनतालाई दैनिक उपभोग्य सामग्री घरदैलोमा पुर्याउने कार्यमा तल्लीन देखिन्छन् । 
 
  झापाका सबै स्थानीय तहमा एकद्वार प्रणालीअनुरूप अत्यावश्यकीय सामग्री एकैसाथ वितरण हुनथालेको स्थानीय सरकारका प्रमुखहरु बताउँछन् । कोरोना विरुद्धको अभियानमा सरकारले गरेको लकडाउनको अवधि थप भएपछि दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई राहतस्वरूप स्थानीय सरकारका तर्फबाट खाद्य सामग्री वितरणको कार्य तीव्ररूपमा अघि बढेको हो । 
 
बिहान बेलुका हातमुख जोर्न नै धौधौ पर्ने अवस्था आउन थालेपछि हरेक स्थानीय तहअन्तर्गतको विपद् व्यवस्थापन कोषबाट अति विपन्न परिवारलाई घरैमा गएर स्थानीय सरकारका प्रतिनिधिहरुले अत्यावश्यकीय सामाग्री वितरण गर्न थालिएको हो । स्थानीय तहहरुले विपद् व्यवस्थापन कोषबाट खाद्य सामाग्रीको मात्र नभई  लक्षित समुदायमा औषधि उपचारको व्यवस्थासमेत मिलाउने बताइएको छ ।  
 
यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा प्रारम्भिक चरणमै रु ५० लाखको कोरोना राहत कोष व्यवस्थापन भएको नगरपालिका प्रमुख रोमनाथ ओलीले बताउनुभएको छ । नगरको विपद् व्यवस्थापन कोषबाट रु ३० लाखको बजेट व्यवस्थापन भएको उहाँले जानकारी दिनुभयो । स्थानीयस्तरका विभिन्न सङ्घसंस्था, उद्योगी, व्यवसायी, स्वदेश तथा विदेशमा रहेका नगरवासीहरुको सहयोग एवं जनप्रतिनिधिको एक महिना बराबरको पारिश्रमिक र नगरपालिकाका कर्मचारीहरुको आफ्नो तलब भत्ताबाट १० प्रतिशत रकमसमेत गरी सङ्कलन भएको कोषबाट नगरवासीको घरदैलोमा पुगेर अत्यावश्यकीय खाद्य सामग्री वितरण गर्न थालेको उहाँले बताउनुभयो । 
 
त्यस्तै झापाको मध्य भागमा रहेको कनकाई नगरपालिकाले नगरको विपद् व्यवस्थापन कोषमा सङ्कलन भएको रकमबाट सहयोग सामग्री वितरण गर्न थालेको छ । स्थानीय जनप्रतिनिधि साथै कर्मचारीहरुबाट सङ्कलन भएको रकमसहित गरी रु ३५ लाखको विपद् व्यवस्थापन कोष घोषणा गरेलगत्तै स्वदेश तथा विदेशमा समेत रहेका नगरवासीवाट रकम सङ्कलन हुन थालेपछि बुधबारदेखि नै खाद्य सामाग्री वितरण हुनथालेको नगर प्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो । नगरवासीको घरदैलोमा पुगेर दाल, चामल, नुन, तेल, तरकारी, चिउरा, चिनी, चियापत्ती, प्याज, खुर्सानी, बेसारलगायतका  दैनिक उपभोग्य सामग्री वितरण गर्न थालेको उहाँले जानकारी दिनुभयो ।
  
झापाकै अर्जुनधारा नगरपालिकाले दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई राहतस्वरूप अत्यावश्यकीय सामग्री उपलब्ध गराउन नगरको विपद् व्यवस्थापन कोषबाट रु १५ लाखको बजेट व्यवस्थापन गरेको नगरप्रमुख हरिकुमार रानाले बताउनुभयो । यसका साथै स्थानीय जनप्रतिनिधि, कर्मचारी, उद्योगी व्यवसायी र देशविदेशमा रहेका नगरवासीहरुबाट समेत सङ्कलन भएको थप रकमबाट खाद्य सामग्री वितरण गर्न शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।  
 
  त्यस्तै शिवसताक्षी नगरपालिकाले नगरको विपद् व्यवस्थापन कोषबाट रु २१ लाख र जनप्रतिनिधि साथै कर्मचारीसहितको थप रकमबाट रु ३० लाखको बजेट व्यवस्थापन गरेको छ ।
त्यस्तै आआफ्ना नगरपालिकाभित्रका दैनिक ज्यालादारी मजदुर र अतिविपन्न परिवारलाई राहत सामग्री वितरण गर्न गौरादह नगरपालिकाले विपद् व्यवस्थापन कोषमा रु ४६ लाख, विर्तामोड नगरपालिकाले रु ५० लाख र मेचीनगर नगरपालिकाले रु एक करोड जम्मा भइसकेको जानकारी दिएका छन् ।
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement