साउन ३, काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलमा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार १०० रुपैयाँमा झरेको छ।
गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो । यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँमा झरेको छ। गत शुक्रबार चाँदीको भाउ स्थिर रहँदै १ हजार ३२० रुपैयाँमा कायम भएको थियो।