Advertisement
Advertisement
Advertisement
Advertisement

ग्यास आपूर्ति प्रभावित भएपछि व्यावसायिक प्रयोजनमा एलपी ग्यास वितरण रोकियो

  |      17:50:00   |  
ग्यास आपूर्ति प्रभावित भएपछि व्यावसायिक प्रयोजनमा एलपी ग्यास वितरण रोकियो
भदौ १७ , काठमाडौं । त्रिशूली नदीले धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको सडक बगाएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ। त्यसपछि नेपाल आयल निगमले होटल, रेस्टुरेन्ट तथा क्यान्टिनलगायत व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास वितरण अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।
बुधबार निगमका अधिकारी तथा ग्यास विक्रेता महासंघका प्रतिनिधिबीच भएको बैठकले तत्कालका लागि घरायसी तथा अत्यावश्यक उपभोक्तालाई प्राथमिकता दिने निर्णय गरेको हो। विद्यार्थी, बिरामी, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, आश्रय तथा हेरचाह केन्द्र र बाढीपीडितका लागि स्थापना गरिएका केन्द्रलाई समेत प्राथमिकतामा राखिनेछ।
कृष्णभीरको सडक अवरुद्ध भएकाले ग्यास बोकेका ठूला ट्यांकर काठमाडौंसम्म आउन नसक्ने अवस्था छ। त्यसैले उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन तराईका ग्यास उद्योगमा खाली सिलिन्डर पठाएर पुनः भरी वैकल्पिक सडकमार्फत काठमाडौं ल्याउने व्यवस्था गरिएको निगमले जनाएको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले तराईबाट ग्यास ल्याउने व्यवस्था भइरहेको र आपूर्ति भएपछि बढी आवश्यकता भएका उपभोक्तालाई प्राथमिकताका आधारमा वितरण गरिने बताए।
यसैगरी, होटल तथा अन्य व्यावसायिक उपभोक्ताले भने आफ्नै व्यवस्थामा ग्यास ल्याउनुपर्नेछ। ठूला व्यावसायिक उपभोक्ताले सम्बन्धित ग्यास कम्पनी वा विक्रेतासँग समन्वय गरी खाली सिलिन्डर तराईका उद्योगमा पठाएर भरी काठमाडौं ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न निगमले ग्यास विक्रेताका दुई प्रतिनिधिलाई द्रुत प्रतिक्रिया टोलीमा सहभागी गराउने निर्णयसमेत गरेको छ।
यो व्यवस्था पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा भएको सडक क्षतिका कारण उत्पन्न आपूर्ति समस्यालाई ध्यानमा राखेर तत्कालका लागि लागू गरिएको हो।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement