Advertisement
Advertisement
Advertisement
Advertisement

गोरखामा एककुमारी बस्नेतले फलाइन् एउटै काउली नौ किलोको

  |      19:01:00   |  
गोरखामा एककुमारी बस्नेतले फलाइन् एउटै काउली नौ किलोको

पुस २०, गोरखा । गोरखा नगरपालिका(७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ ।

अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेला(२०८०’ को प्रदर्शनीमा राखिएको छ ।  ‘काउली जोख्दा पूरै ११ किलोको थियो, कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख नीलकण्ठ पोखरेलले भने, ‘डाँठ र पात गरी दुई केजी घटाउँदा थुङ्गा मात्र नौ किलोभन्दा बढीको रहेको छ ।’

नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो काउली भएको प्रमुख पोखरेलको दाबी छ । यसअघि बागलुङ नगरपालिका-९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा आठ किलो आठ सय ८० ग्रामको काउली उत्पादन भएको पाइएको थियो ।

करिब एक रोपनी क्षेत्रफलमा काउलीको व्यावसायिक खेती गर्दै आएका किसान बस्नेतको बारीमा अनुमानित आठ किलोग्रामभन्दा बढीका काउली फलेका छन् । बारीमा उत्पादित काउली ठूलो भएकाले बजारमा बिक्री गर्न कठिनाइ हुने गरेको उनको भनाइ छ।

‘बारीमा आठ किलोभन्दा ठूलो काउली धेरै नै फलेका छन् । बारीको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा ११ केजीको भएको पाइयो’, बस्नेतले भनिन्, ‘लामो समयको मेहनत र परिश्रमका कारण राम्रो उत्पादन भएकामा खुसी लागेको छ ।’

काउलीको डाँठ र पात कटाएर नौ किलो भनिएको भए पनि अझै बढी तौल रहेको उनको भनाइ छ । कृषि क्षेत्रमा निरन्तर मेहनत गर्दै आएकी किसान बस्नेतले मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने क्रममा यसपटक एउटै काउली नौ केजीभन्दा बढीको उत्पादन भएको जानकारी दिइन् ।

कृषि ज्ञानकेन्द्र गोरखाले किसान बस्नेतको परिवारलाई बारीमा ठूलाठूला काउली फलेकाले ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन मेला(२०८०’ को प्रदर्शनीमा लैजान सुझाव दिएकाले आफूहरुले बारीमा उत्पादित सबैभन्दा ठूलो काउली प्रदर्शनीमा पुर्‍याएको एककुमारीका श्रीमान् प्रह्लाद बस्नेतले बताए ।

‘भक्तपुरे जातको काउलीलाई यो वर्ष हामी आफैंले क्रस गरेर बीउ उत्पादन गरी लगाएका हौँ’ उनले भने, ‘भदौमा रोपेको काउली अहिले टिपेर पूरै जोख्दा ११ केजी रहेको पाइयो । मेलामा ज्ञान केन्द्रले प्रदर्शनमा राखेको उक्त काउली हेर्नेका हाल भीड नै लागेको छ।

रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement