Advertisement
Advertisement
Advertisement
Advertisement

गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याउनु राज्यको दायित्व : राष्ट्रपति

  |      18:42:00   |  
web image
web image

फागुन ९, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सुलभ र सहज पहुँचमा पुर्‍याउनु राज्यको प्रमुख दायित्व भएको बताएकी छन् ।

 

हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले आधुनिक समयमा विस्तार हुँदै गएको उपभोक्तावाद, मानिसको बदलिँदो जीवनशैली तथा तिव्र वातावरण असन्तुलनका कारण सर्ने तथा नसर्ने रोगको प्रकोप फैलिदै जानु चिन्ताको विषय भएको बताइन् । उनले यसबाहेक विभिन्न समयमा अचानक देखापर्ने कोभिड–१९ जस्ता नयाँ रोगका साथै डेंगु र हैजा जस्ता महामारीको सामना गर्न सक्षम हुनेगरी सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन तीनै तहका सरकारले उचित ध्यान दिनुपर्ने बताइन् ।


‘जनताको स्वास्थ्यका निम्ति आधारभुत एवं विशेषज्ञ सेवा र सुविधाहरु सहजै उपलब्ध गराउन सकिनेगरि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान एवं हेटौंडा अस्पतालको भवन निर्माण सम्पन्न हुनु खुसी र सन्तोषको विषय हो’, राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपालको संविधानमा नागरिकका लागि सुनिश्चित गरिएका स्वास्थ्य सम्बन्धी हकको प्राप्तिमा यस प्रतिष्ठानले सघाउ पु¥याउनेमा विश्वस्त छु ।’

 

मानव जीवनको आधारभुत आवश्यकताको रुपमा रहेको स्वास्थ्य केवल रोग नलाग्नु मात्र होइन भन्ने तर्क गर्दै राष्ट्रपति भण्डारीले बरु शारिरीक एवं मानसिक रुपले समेत तन्दुरुस्त र सकारात्मक रहन सकिने अवस्था वास्तविक अर्थमा स्वास्थ्य भएको बताइन् । उनले जनस्वास्थ्यको उच्चतम लक्ष्य हासिल गर्न जनताकै घरदैलोमा सामान्य औषधीमुलोदेखि आधुनिक प्रविधियुक्त विशेषज्ञ सेवा उपलब्ध गराउनु आवश्यक भएको बताइन् ।


स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका लागि ठुलो मात्रामा विदेश पलायन भैरहेको पुँजीलाई रोक्न, स्वदेशमै गुणस्तरीय सेवा तथा स्वास्थ्य शिक्षा उपलब्ध गराउने कार्यमा प्रतिष्ठानले महत्वपुर्ण योगदान पुर्‍याउने राष्ट्रपतिको अपेक्षा छ ।

 

कार्यक्रममा प्रतिष्ठानका कुलपति तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रतिष्ठानको स्थापनालाई प्रदेशकै गौरवको आयोजनाको रुपमा अगाडि बढाएर सफल बनाइएकोमा खुसी व्यक्त गरे । उनले प्रदेशकमा ११९ वटै पालिकामा स्वास्थ्य अवस्थाको अध्ययन गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार कटिबद्ध रहेको बताए । उनले भने, ‘सामान्य औषधी उपचार गर्न पनि गाउँ–गाउँबाट मानिसहरु शहरमा झर्नुपर्ने अवस्था छ । हामी यो अवस्था अन्त्य गर्छौं ।’

 

पुर्वमुख्यमन्त्री डोरमणि पौडेलले लामो मेहेनत, प्रहार र अवरोधकाबीच प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालको नयाँ भवन निर्माण गर्न सफल भएको बताए । उनले रेफर अस्पतालको रुपमा रहेको हेटौंडा अस्पतालको पहिचान फेरिएको उल्लेख गरे ।

 

सहकुलपति तथा प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले हेटौंडा अस्पतालको सेवा विस्तार सँगै स्वास्थ्य सेवासँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन समेत हुने बताए । उनले यहाँबाट उत्पादित जनशक्तिले दुर्गम गाउँमा गएर बिरामीको सेवा गर्ने विश्वास व्यक्त गरे ।

 

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले प्रतिष्ठानको स्थापनासँगै अस्पतालबाट प्राप्त स्वास्थ्य सेवाबाट राहत मिलेको बताइन् । उनले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका मकवानपुरवासीको लागि अस्पतालको सेवा विस्तार गौरवको विषय भएको उल्लेख गरिन् । उनले स्वास्थ्य सेवा प्रबद्र्धनका लागि प्रतिष्ठानलाई हरतरहको सहयोग गर्ने बताइन्।

 

२०७६ साल असोज २ गते प्रदेशस्तरमै पहिलोपटक बागमती प्रदेशको राजधानी हेटौंडामा प्रतिष्ठानको स्थापना भएको थियो ।

 

राष्ट्रपति भण्डारीले उद्घाटन गरेको हेटौंडा अस्पतालको नवनिर्मित भवन ३५ करोड ३२ लाखमा निर्माण भएको थियो । नयाँ भवन ७० शय्या क्षमताको छ । नयाँ र पुरानो भवनमा गरि अस्पतालको २०० शय्या क्षमता रहेको उनले बताए ।

 

अस्पतालको सेवा विस्तारका लागि ६ तले नयाँ भवन समेत निर्माण भैरहेको छ । यो भवन निर्माण सम्पन्न भएपछि ५ सय शय्याको अस्पताल हुने पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले बताए ।

अस्पतालमा अहिले ३८ जना बिशेषज्ञ चिकित्सक र ५० जना मेडिकल अधिकृतसहित ३ सय ८७ जना कर्मचारी कार्यरत छन् । अस्पतालबाट दैनिक सरदर ७ सय ५० जनाले बहिरंग सेवा प्राप्त गरिरहेका छन् । २०१६ सालमा १५ शय्यासहित हेटौंडा अस्पतालको स्थापना भएको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement