Advertisement
Advertisement
Advertisement
Advertisement

गिभिना मगरको टिकटक भिडियोबाट किन भए नर्सहरू आन्दोलित ?

  |      10:23:00   |  
web image
web image

जेठ ११, काठमाडौं । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको आकस्मिक केयर युनिटभित्र खिचिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

गिभिना मगरले टिकटकमा राखेको भिडियोमा उनी र नर्सबीच चर्काचर्की भएको देखिन्छ । भिडियोको विरोध भएपछि गिभिनाले २ दुई बजे दिइने औषधि किन ४ बजे दिइएको भनेर सोध्दा उल्टै आकस्मिक केयरका नर्सले गाली गरेको बताएकी छन् ।

उक्त भिडियो फेसबुक,इन्स्टाग्राम, ट्वीटर, टिकटकमा भाइरल भएपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस हुन थालेको छ । नर्सिङ पेशाप्रति लक्षित गरी गाली गर्न थालिएपछि देशभरका नर्स आन्दोलित भएका छन् । नेपाल नर्सिङ संघले भिडियो खिच्नेमाथि कारबाहीको माग गरेको छ ।

अस्पताल प्रशासनसँग अनुमति नलिई नर्स,बिरामी कुरुवाबीच भएको कुरालाई मगरले सामाजिक सञ्जालमा भिडियो बनाई यही वैशाख २८ गते पोष्ट गरेकी थिइन् ।

कुरुवाबीच भएको संवादको विषयलाई सामाजिक सञ्चालमा गाली गलौज गरी अपशब्द प्रयोग सम्पूर्ण नर्सको आत्मसम्मान ठेस पुर्याउने छुट कसैलाई पनि नभएको बताइन् ।

अनुमति नलिई खिचेको भिडियो सामाजिक संजालमा प्रचार प्रसार गरिएको घट्नाको सत्य तथ्य नबुझी एकपक्षिय ढंगबाट नर्सिङ पेशा प्रति अपमानजनक शब्दहरु प्रयोग गरिएको अध्यक्ष राईको भनाइ छ ।

उनले भनिन् ‘वास्तविकता नबुझी सतहीमा प्रतिक्रिया दिइने कारण समाजमा नर्सिङ पेशाप्रति घृणा फैलाइने वातावरण सिर्जना भयो ।’ गिभिना–१८ लगायत विभिन्न नामबाट टिकटक, युट्यूव, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग गरी आफ्ना फलोअर्स र भ्यूज बढाउने नाममा यस्तो कार्य गरिएको उनको जिकिर छ ।

यस्तो गतिविधिले नर्सिङ पेशामा प्रतिबद्ध भई कोभिड– १९ को महामारीको जोखिमपूर्ण स्थितिमा अहोरात्र अग्रपंक्तिमा खटिई बिरामीको सेवा गर्ने नर्सहरूको आत्मसम्मान र मनोबल गिराउने, आम नर्सहरूको कार्य क्षमतामा ह्रास आएको संघका अध्यक्ष राईको भनाइ छ ।

अस्पतालमा के भएको थियो ?

भरतपुर अस्पतालमा क्यान्सरपीडित एक १६ वर्षीया बालिका विगत एक वर्षदेखि उपचाररत छिन् । उनमा रगतको मात्रा कम देखिएपछि चिकित्सकले रगतको मात्रा बढाउने औषधि लेखिदिए । त्यसपछि नर्सले औषधिको रेकर्ड २ बजे लेखिदिइन् तर बालिकालाई औषधि भने ४ बजे दिइएको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी नर्सिङ प्रमुख सबिता पन्थीले बताइन् ।

सो औषधि २४ घण्टामा एकपटक दिइनुपर्छ । २४ घण्टा पुग्न बाँकी हुँदा अर्थात् भोलिपल्ट पुनः सिरिन्जबाट औषधि लगाउन अस्पतालमा २ बजे ती बालिकासँग गिभाना पनि पुगेकी थिइन् ।

औषधि लगाएको २४ घण्टा नपुगेकाले केहीसमय कुर्न नर्सले आग्रह गरिन् । २ बजे औषधि दिइनुपर्ने किन ४ बजे  दिएको भनेर क्यान्सरपीडित बालिकासँग गएकी गिभानाले प्रश्न सोधेकी थिइन् ।

त्यस क्रममा गिभाना र नर्सबीच भनाभन भएको कुरा गिभानाले भिडियो खिचेकी रहेछिन् । थाहा नपाइकन खिचिएको १ मिनेट १५ सेकेन्डको भिडियो गिभानाले पोष्ट गरिन् । भिडियोमा औषधिको असरबारे सोध्दा नर्सहरूले बिरामी र आफूमाथि अपमानजनक शब्द प्रयोग गरेको भिडियोमार्फत् बताएकी छन् । यद्यपि दुवै पक्षबीच भएको पूर्ण संवाद भिडियोमा राखिएको छैन

नर्स र गिभानाबीच भनाभन भएको भिडियो भाइरल भएपछि वैशाख ४ गते अस्पताल प्रशासन, नर्स र गिभिनाबीच वार्ता भई एकअर्कोसँग माफी मागेको नर्सिङ प्रमुख पन्थीले बताइन् । त्यसपछिसबैजना  काममा लागे । तर, गिभानाले पुनः अस्पताल र नर्सहरूले गाली गालोज गरेको भन्दै  अर्को भिडियो पोष्ट गरिन् । त्यसपछि नर्सहरू आन्दोलनमा उत्रिएको उनले बताइन् ।

यस भिडियोले अस्पतालमा नर्सहरूले काम गर्ने मनोविज्ञानमा गहिरो नकारात्मक प्रभाव परेकाले असहज भएको पन्थीले बताइन् ।

पन्थीका अनुसार औषधि प्रिस्क्राइव गर्दा स्टार्ट, क्यूवाइडी, एसओएस, टिडिएस गरी४ वटा टर्मिनोलोजी प्रयोग हुन्छ ।स्टार्ट टर्मिनोलोजी प्रयोग गरी क्यान्सरपीडित बालिकालाई औषधि प्रयोग सुरु गरिएको थियो । स्टार्ट भन्नाले औषधि सुरु गरी अर्को मात्रा २४ घण्टाभित्र प्रयोग गर्नुपर्छ । क्यूवाइडी भन्नाले दिनमा ४ पटक, टीडिएस भन्नाले दिनको ३ पटक, एसओएस भन्नाले आवश्यकताअनुसार  प्रयोग गर्नुपर्छ ।

गिभिनाविरुद्ध नर्सिङ संघ चितवनले प्रहरीमा उजुरी दिएको उनले बताइन् । यता यही प्रकरणमा काठमाडौँको माइतीघर मण्डलामा नर्सहरू आन्दोलनमा उत्रिएका छन् ।  
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement