कात्तिक ७, काठमाडौं । गायिका मञ्जु पौडेललाई मातृशोक परेको छ । उनी आमा भगवती ज्ञवालीको शनिबार निधन भएको हो । केही समययता बिरामी रहेकी भगवती पौडेलकै रेखदेखमा रहेकी थिइन्।
आमाको मृत्युको जानकारी दिँदै उनले शनिबार सामाजिक संजालमा लेखेकी छन् ‘हरदम प्रयास गर्दा पनि दैवको अगाडि हाम्रो केही लागेन आमा, आखिर हामीले हार्यौँ । हाम्रो परिवारको आदर्श, मेरुदण्ड हाम्री ममतामयी आमा हामीमाझ आजबाट रहनु भएन । आमा हजुरको आत्माले शान्ति पाओस् ।’
मञ्जु गायनको अलवा स्टेज कार्यक्रमकी उद्घोषक पनि हुन् ।