Advertisement
Advertisement
Advertisement
Advertisement

गाडीभित्र मृत भेटिएकी कर्मचारी, घटना रहस्यमय

  |      14:43:00   |  
Web Image
Web Image

साउन १२ ,काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–१ स्थित बालेबासे क्षेत्रमा गाडीभित्रै एक महिलाको शव फेला परेको घटनाले रहस्य थपेको छ। सानीमा क्यापिटल्समा कार्यरत ४५ वर्षीया रश्मि रिजाल शनिबार आफ्नै विद्युतीय गाडीको पछाडिको सिटमा मृत अवस्थामा फेला परेकी हुन्।
बीएई ०४१० नम्बरको गाडी बाहिरबाट सामान्य अवस्थामा देखिए पनि भित्र रश्मि जलेको अवस्थामा भेटिएकी थिइन्। तर गाडीको सिटमा खासै क्षति नभएको र शरीर पनि पूर्ण रूपमा नजलेको अवस्थाले घटनालाई थप शंकास्पद बनाएको परिवारको दाबी छ।
रिजाल शुक्रबार बिहानदेखि हराएकी थिइन्। सम्पर्कमा नआएपछि परिवारले प्रहरीमा निवेदन दिएको थियो। त्यसपछि खोजीका क्रममा प्रहरीलाई तारकेश्वरस्थित बालुवा प्रशोधन केन्द्र नजिक शंकास्पद रूपमा रोकिएको गाडीबारे सूचना प्राप्त भयो। सोही गाडी रिजालको भएको पुष्टि भएपछि प्रहरीले जाँच गर्दा उनी मृत अवस्थामा भेटिएकी थिइन्।
प्रहरीले घटनास्थल वरपरका सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार फुटेजमा रिजाल आफैँ गाडी चलाएर घटनास्थलमा पुगेको, त्यसपछि पछाडिको सिटमा सरेर गाडीका सिसा बन्द गरेको र आफैँलाई ज्वलनशील पदार्थ छर्किएर आगो लगाएको देखिएको दाबी गरिएको छ।
प्रहरीका अनुसार गाडीका सबै सिसा बन्द भएकाले आगो फैलिन नसकेको र अक्सिजन अभावका कारण उनको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएकोमा आइतबार आफन्तले बुझेर दाहसंस्कार गरेका छन्। परिवारले भने घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार घटनाबारे ज्यान सम्बन्धी कसुरमा जाहेरी परेको छ र थप अनुसन्धान जारी रहेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement