Advertisement
Advertisement
Advertisement
Advertisement

गाउँ फर्केपछि मकै, कोदो जे छ खाउँला.......

  |      10:12:00   |  
गाउँ फर्केपछि मकै, कोदो जे छ खाउँला.......

►सञ्चिता घिमिरे 
वैशाख ११, काठमाडौँ  “काम गर्ने मान्छेलाई यो शहरमा उसै बस्न गाह्रो हुँदोरहेछ, बरु गाउँ गएर मकै छरेर लकडाउन सकिएपछि आउँछु ।” सिन्धुली सिरथौलीकी निर्मला तामाङ बन्दाबन्दीको समयमा पनि गाउँ जान पाउँदा खुशी हुनुहुन्छ । उहाँलाई लकडाउनपछिको एक महिना एउटै कोठामा बिताउन गाह्रो भएको थियो । दैनिक ज्यालादारी गरेर तीन छोरछोरी पढाउँदै आउनुभएका उहाँले झण्डै एक महिना पहिलेदेखि भने हात बाँधेर बस्नुप¥यो । 

तामाङले लकडाउन पहिले एक बोरा चामल, दाल, चिनीलगायतका खाद्यान्न किन्नुभएको थियो । त्यही खानेकुरा खाँदै गर्दा वडा कार्यालयबाट पनि राहत पाउनुभयो । आफूले किनेको र राहतको खाद्यान्न घरमै बसेर खाँदा सकिँदै गएकाले उहाँलाई फेरि पाइने हो कि होइन भन्ने चिन्ता थियो । एउटा सानो कोठामा तीन सन्तानलाई अड्याएर राख्न पनि हम्मेहम्मे परेको थियो । आफ्नो घर गएपछि ढुक्कले बस्न पाइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “घर गएपछि त मकै, कोदो जे–जे छ त्यही खाए भो नि ।”

लकडाउनका कारण खान–बस्न कठिनाइ आएकाले घर फर्किने शर्मिला मात्रै होइन । बुधबार साँझ सिन्धुली, सिन्धुपाल्चोक, रामेछापलगायतका जिल्ला जाने धेरै व्यक्ति जडीबुटी क्षेत्रमा आफ्नो पालिकाले पठाएको गाडी कुरिरहेका भेटिन्थे । यसरी घर फर्किनेको भीडमा सबैभन्दा बढी दैनिक मजदुरी गर्ने र विद्यार्थी छन् । लकडाउन लम्बिँदै जाँदा आफूसँग भएको रासन र पैसा सकिएपछि उनीहरु घर फर्किन लागेका हुन् ।
 
सिन्धुलीकै मरिन गाउँपालिकाका प्रेम मगर र दीपेन्द्र मगर पनि घर जानका लागि जडीबुटीमा गाडी कुरिरहनुभएको थियो । लुगाफाटोसहितको ठूलो बोरा बोकेर बिहान खाना खाएपछि गाउँ जानका लागि कपनबाट हिँडेको उहाँले बताउनुभयो । सार्वजनिक सवारी साधन चलाउँदै आउनुभएका उहाँहरु लकडाउनपछि काम गर्न पाउनुभएको छैन । उहाँहरुले पहिले वडामा राहतका लागि फारम भर्नुभएन । आफूसँग बाँकी रहेको रासन सकिएपछि भरे पनि वडाले बाँड्न बाँकी रहेको उहाँले बताउनुभयो । काम गर्न नपाएकै कारण घर जान हिँडेको उहाँहरुले बताउनुभयो । उहाँले भन्नुभयो, “गाडी बन्द हुँदा मुखै बन्द होला भन्ने डर, बरु आफ्नै घर पुगेपछि आनन्द ।”

रामेछाप मन्थली नगरपालिकाका सीताराम नेपाली र शर्मिला नेपाली दैनिक ज्यालादारी काम गरेरै दुई सन्तानलाई पढाएर बस्नुभएको थियो । काम गर्न नपाएपछि उहाँहरु घर जाने निधो गर्नुभयो । कतिपय साथीभाइ र आफन्त अघिल्लो साता नै हिँडेर घर फर्किए पनि साना नानीहरु भएकाले घर जान आँट नगरेको उहाँले बताउनुभयो । नगरपालिकाले गाडी पठाउँछ भन्ने खबर हिजो साँझ पाएको उहाँले बताउनुभयो । उहाँहरु दुई सन्तानलाई डो¥याउँदै मनमैजुबाट कयौँ घण्टा लगाएर जडीबुटी आइपुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाडी आएर जान पाए त दिनभरि हिँडेको पनि बिर्सिन्थ्यो ।”

सिन्धुली दुधौलीका महेश चौधरी र देवी चौधरी पनि साना दुई नानी च्यापेर गाडी कुरिरहनुभएको भेटिनुभयो । लामो समयसम्म काठमाडौँमा कष्टकररूपमा बस्दै आउनुभएका उहाँहरु घर फर्किन गाडी पाइने भनेपछि दङ्ग हुनुहुन्थ्यो । उहाँहरुले एकपटक राहत पाउनुभएको थियो । त्यो रासन सकिनै लागेकाले फेरि पाइने हो कि होइन भनी चिन्ता रहेकाले पनि घरै जाने निर्णय गरेको उहाँले बताउनुभयो । कोठामा दिनभर बसिरहँदा सन्तानले पनि यो चाहियो र त्यो चाहियो भन्दै मागरिरहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारी किन्न त पैसा छैन उनीहरुलाई मागेजति कुरा कहाँ पु¥याउन सकिन्छ र रु”

कोटेश्वरचोकदेखि जडीबुटी हुँदै लोकञ्थलीसम्म स्थानीय तहले व्यवस्थापन गरेको गाडीमा घर जानेहरु समूह–समूहमा देखिन्थे । कतिपय मास्क त कतिपय महिलाले आफूले ओढिरहेको पछ्यौरा र सलले आफ्नो र सन्तानको मुख ढाकिरहेको देखिन्थ्यो । उनीहरुमध्ये अधिकांशले सन्तानका लागि भन्दै साथमा चाउचाउलगायतका थोरै खानेकुरा पनि बोकेको देखिन्थ्यो । प्रहरीहरु भने उनीहरुलाई व्यवस्थापनका लागि दिउँसोदेखि नै खटिएका थिए । दिउँसो २ बजेदेखि नै यहाँ घर फर्किनेहरु आइरहेको ड्युटीमा खटिएका प्रहरीले जानकारी दिए । साना नानी र झोला च्यापेर बाटोमा प्रहरीको गाली सहँदै घण्टौँ हिँडेर आएका उनीहरु यो दुःखभन्दा पनि घर फर्किन पाउने कुराले दङ्ग छन् । 
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement