Advertisement
Advertisement
Advertisement
Advertisement

गाउँमा खेतीपातीसगँ दशैँ तिहार झैँ चहलपहल

  |      11:11:00   |  
गाउँमा खेतीपातीसगँ दशैँ तिहार झैँ चहलपहल

►विमलबहादुर विष्ट 
वैशाख ११, डोटी । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीका समयमा शहरबजार सबै बन्द तथा सुनसान भए पनि गाउँघरमा खेतीपातीको चहलपहल बढेको छ । कोरोनाको सङ्क्रमणबाट जोगिएर सम्पूर्ण सावधानी अपनाएर किसान खेतीपातीको काममा व्यस्त हुन थालेका हुन् । कोरोना भाइरसको बेवास्ता गर्दै किसान हिउँदेबाली भित्र्याउनमा लागि परेका छन् । भारतका विभिन्न शहरबाट काम गरी घर फर्किएका ३३० स्थानीयवासी यहाँका नौ वटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा २१ दिन बसेर आफ्नो स्वास्थ्य जाँच गराइ कोरोनासम्बन्धी लक्षण नभेटिएका कारण गाउँमा कोरोनाको त्रास पनि क्रमिकरूपमा हराउँदै जान थालेको छ ।
 
गाउँघरमा पछिल्लो समय कोरोनाको बेवास्ता गर्दै किसान दैनिकरूपमा आफ्नो खेतीपातीको काममा व्यस्त हुन थालेको बडीकेदार गाउँपालिका–१ बिपीनगरका स्थानीय रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट आएकाबाट कोरोना सल्किन्छ कि भन्ने डर थियो, सबैलाई २१ दिन क्वारेन्टाइन राखेर जाँच गर्दा कसैमा पनि कोरोना लक्षण देखिएन, सचेत हुँदै हामी आफ्नो काममा लाग्ने गरेका छौँ ।” पाकिसकेको हिउँदेबाली असिना पर्ने डरका कारण पनि किसान पछिल्लो समय गहुँ भित्र्याउनमै व्यस्त हुने गरेको जताततै देख्न सकिन्छ । भारतबाट काम गरेर आएका तथा स्थानीय सरकारका क्वारेन्टाइनमा २१ दिन बसेका स्थानीयसमेत गाउँ फर्किएर आफ्नै खेतीपातीमा व्यस्त भएका छन् । त्यस्तै विगत दुई वर्षदेखि भारतको पञ्जाव शहरमा काम गर्दै आउनुभएका जोरायल गाउँपालिका–५ का केशरसिंह पातली कोरोनाको त्रासका कारण अहिले सपरिवार गाउँ फर्किएर वर्षौँदेखि बाँझिएको आफ्नो खेतबारीमा धमाधम काम गर्न थाल्नुभएको छ । 

“कति अर्काको काम गर्नु अब आफ्नै कामगर्ने हो”, पातलीले भन्नुभयो, “कोरोनाको त्रासले गाउँको विकाससँगै बाँझो परेका जमिन पनि हराभरा हुने भए, बल्ल शुरु हुने भयो कृषि त्रान्ति ।” वर्षौँदेखि गाउँघरको खेती किसानी गर्ने जमिन बाँझो राख्दै आएका यहाँका किसान अहिले गाउँ फर्किएर खेतीपाती गर्न थालेका छन् । स्थानीय गाउँमा रहेका बाँझो जमिनमा खेती गर्न थालेपछि शहरभन्दा गाउँमा रमाइलो र चहलपहल एकाएक बढेको छ । कुनै बेला सुनसान हुने यहाँका गाउँघरमा अहिले स्थानीयको बाक्लो उपस्थिति हुने गरेको जोरायल गाउँपालिका– ५ का अर्का स्थानीय तथा शिक्षक प्रकाशबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले गाउँ छोडेर शहर जाने चलन बढी थियो, सामान्य उपभोक्ता समितिको छलफल राखौँभन्दा पनि कोरम पुग्दैनथ्यो, कोरोनाले सबै गाउँघर फर्किएर शहर सुनसान भए गाउँमा अहिले चहलपहल छ ।” कोरोना सङ्क्रमणको आशङ्कामा शहरमा रहेका यहाँका स्थानीय गाउँ फर्किन थालेपछि गाउँघरमा अहिले दशैँ तिहारको जस्तै भान हुनेगरी रमाइलो हुन थालेको शिखर नगरपालिका–१ कपल्लेकीका स्थानीय तथा शिक्षक रामबहादुर ऐरले बताउनुभयो । 

उहाँले भन्नुभयो, “दशैँ तिहारकै झल्को दिने गरी गाउँघरमा निकै चहलपहल बढेको छ, शहरमा महल बनाएकाहरु पनि कोरोना त्रासले गाउँ फर्किएका छन् । विभिन्न पेशा व्यवसाय तथा अध्ययनका लागि शहर बसेका गाउँका स्थानीयवासी घर फर्किएपछि गाउँको रूप नै फेरिन थालिएको स्थानीयवासी बताउँछन् ।
 
अरू बेलाजस्तो गाउँ आउँदा साथीभाइसँग भेटघाट गरेर गफिने र गाउँघर घुमफिर गर्ने अवस्था नहुँदा गाउँघर आएका खेतीपातीको काममा व्यस्त हुन थालेको केआइसिंह गाउँपालिका सलेनाका स्थानीय जगतबहादुर बलायर बताउनुभयो । अहिले यहाँका गाउँघरमा रहेका किसानलाइ हिउँदेखेती थन्क्याउनुका साथै कतै मकै लगाउने यामसमेत शुरु भएको छ । किसानलाई गाउँघरमा काटेको गहुँ, जौँलगायतका बाली भित्र्याउन तथा मकै लगाउन मल बोक्ने काम भ्याइनभ्याइ हुन थालेको छ । किसान कोरोनाको बेवास्ता गर्दै आफ्नै खेतबारीको काममा आफूलाई व्यस्त राख्न थालेका छन् । कोरोना भाइरसको महामारीको त्रासले शहर छोडेर गाउँमा फर्किनेको सङ्ख्या पनि निकै बढेको पाइएको छ । कुनै समय वृद्धाश्रमजस्तो देखिने गरेका यहाँका गाउँघरमा अहिले युवायुवतीको आगमनले खेतबारीको कर्ममा समेत ठूलो सहायता मिलेको स्थानीयवासी बताउँछन् । 

लकडाउनका कारण शहरबजारमा मानिस घरभित्रै बसेका भए पनि गाउँमा भने सुरक्षित वातावरणमा धमाधम कृषि कार्य भइरहेको सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले बताउनुभयो । गाउँघरका खेतीपातीको काममा शहर र भारतबाट आएका युवायुवती खटिन थालेपछि अहिले गाउँमा भएका वृद्धवृद्धा, महिला र केटाकेटीले काममा राहत महसुस गरिरहेका छन् । वर्षौँदेखि बाँझो रहेका खेतबारीमा खान जोत तथा बाली लगाउने काम शुरु भएपछि उत्पादनसमेत वृद्धि हुने लक्षण देखिएको स्थानीय कृषक बताउँछन् । यतिमात्र नभइ शहर बसेकाहरु गाउँ आएपछि अहिले यहाँका गाउँघरमा जाने बिग्रिएका पुराना बाटाघाटासमेत निर्माण हुन थालेका छन् ।

२०० परिवारलाई राहत वितरण

जिल्लाको दिपायल सिलगढी नगरपालिकाले वडा नं ४ राजपुरमा बसोबास गर्ने २०० परिवार मजदुर तथा विपन्नलाई राहत वितरण गरेको छ । लकडाउनका कारण खाद्यान्न अभावमा दैनिक छाक टार्न समस्यामा परेका परिवारलाई एकैसाथ राहत वितरण गरेको वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक ज्यालादारी खाने वर्गलाई खाद्यान्न अभाव भएको खबर पाएपछि हामीले राहत वितरण गरेका छौँ, हामीले राहत दिएपछि उनीहरुलाई हातमुख जोर्नमा सहज हुनेछ ।” राहत पाएपछि आफ्ना छोराछोरीले पेटभरि खाना खान पाउने भन्दै यहाँका स्थानीयवासी निकै खुशी भएका छन् ।

दिपायल सिलगढी नगरका प्रमुख मलासीले नगरपालिकाका सबै वडामा वितरण सञ्चालन गरिने बताउनुभयो । राहत मिलेपछि केही दिनका लागि भए पनि समस्या समाधान भएकोस्थानीय रामबहादुर कामीले बताउनुभयो ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement