Advertisement
Advertisement
Advertisement
Advertisement

गाउँगाउँमा नाङ्ला बेच्दै महिला

  |      14:47:00   |  
गाउँगाउँमा नाङ्ला बेच्दै महिला
►दुर्गा देवकोटा
वैशाख १९,लम्की । दैनिकी कष्टकर भएपछि जानकी गाउँपालिका मुनुवाकाका महिला यतिखेर नाङ्लो ९सुप्पा० बेच्न गाउँगाउँ धाउन थालेका छन् । यो सिजनमा नाङ्ला बढी बिक्री हुन्थ्यो । लकडाउनका कारण नाङ्ला बिक्री नहुँदा महिला गाउँगाउँ धाउन थालेका हुन् । नाङ्ला बेचेर रोजीरोटी चलाउने महिलाहरु लकडाउनपछि जीविकामा समस्या भएको बताउँछन् ।
 
“मसँग ५० नाङ्ला तयारी अवस्थामा छन् । यो वर्ष बिक्रीमा गिरावट आएकाले गाउँगाउँ बेच्न जान थालेकी हुँ”, मुनुवाकी ढुल्ली भूलले भन्नुभयो, “विगतका वर्ष यो सिजनमा सयभन्दा बढी सुप्पा बिक्री गरिन्थ्यो । धेरै नागरिक घरमै किन्न आउँथे । लकडाउनका कारण बिक्री हुन पाएन ।”
 
निर्माण गरिएका सुप्पा बिक्री नभएपछि महिला गाउँगाउँ बिक्री गर्न हिँडेका छन् । नागरिकलाई अन्न केलाउन सुप्पा अनिवार्य चाहिन्छ । बजारमा प्लाष्टिकको सुप्पा पाइन्छ । त्यो टिकाउ हुँदैन । उनीहरु आफूहरुले बनाएको सुप्पा १० वर्ष टिकाउ हुने बताउँछन् । “रु २०० ठाना बाँस किन्नुपर्छ, बाँसको छाला ९पाता० छुटाएर कम्तीमा दुई दिन सुकाउनुपर्छ, त्यसपछि एउटै साइजको चोया बनाएर बुन्नुपर्छ”, ढुल्लीले भन्नुभयो, “यसरी तयार भएको चोयाले दैनिक दुई वटा सुप्पा बुन्न सकिन्छ ।”
 
ढुल्लीले यही पेशाले १० जनाको परिवार पाल्नुभएको छ । “म एकल महिला हो । १० जनाको परिवार छ । यही काम गरेर परिवार पालेकी छु”, उहाँले भन्नुभयो, “सिजनमा खेतीपाती अधियासमेत लगाउँछौँ ।” “महिलाले दिनमा दुई बुन्न सक्छन्, महिलालाई घरको अन्य काम पनि हुन्छ । दिउँसोको समयमा बुन्ने हो”, यही काममा संलग्न मनिषा भूल भन्नुहुन्छ, “यसबाहेक बाँसको सहयोगमा बन्ने अन्य सामग्री पनि बनाउँछौँ । यस्ता काममा धेरै मेहेनत लाग्छ ।”
 
भागादेवी भूलको परिवारको खर्च पनि यही पेशाले चलेको छ । यसरी तयार भएको सुप्पा रु २५० देखि ४०० सम्ममा बिक्री हुन्छ । उनीहरुको घर खर्च चलाउन यही पेशाले सघाएको छ । यसरी तयार भएको सुप्पा उनीहरु पिठ्युमा बोकेर गाउँगाउँ बेच्न जान्छन् । कसैकसैले सुप्पालाई अन्नसँग पनि साट्ने गरेका छन् । 
 
उनीहरुलाई यो पेशा व्यावसायिक रुपमा गर्नका लागि सरकारले सहयोग गरिदिनुपर्ने माग छ । यसरी उत्पादन भएको सामग्री सहज बिक्री वितरणको व्यवस्था गरिदिए सहज हुने उनीहरु बताउँछन् । महिलाहरु हिँडेरै जानकी गाउँपालिकाबाट टीकापुर, लम्कीका विभिन्न गाउँगाउँ जान्छन् । “कहिलेकाहीँ बिक्री हुन्छ, कहिलेकाहीँ रित्तै घर फर्कनुपर्छ”, भागादेवीले भन्नुभयो, “विपन्न दलित बस्तीका हामीले यो पेशा अग्रजबाट सिकेका हौँ ।”
 
मुनुवामा दलित बस्ती मात्र भएको त्यो टोलमा १५ परिवार दलित छन् । उनीहरु सबैको पेशा यही हो । उनीहरुले सुप्पा मात्र नभइ डोका, छिटनी, डिलियासमेत बनाउने गर्दछन् । यी सामग्री निर्माणका लागि बेत पनि आवश्यक पर्छ । उनीहरुले बेत सत्ती कर्णाली सामुदायिक वनबाट ल्याउने गरेका छन् ।
 
“यो परम्परागत सीप हो । यस्ता लोक कलालाई जोगाउन आवश्यक छ”, जानकी गाउँपालिकाका भद्रवीर चौधरी बताउनुहुन्छ । “मानिसको पहिचान उसको सीपले निर्धारण गर्छ”, उहाँले भन्नुभयो, “यस्तो सीप जोगाउन स्थानीय सरकारले ध्यान दिनुपर्छ । यो सीपलाई व्यावसायिकरूपमा परिमार्जन गर्न सहयोग गर्नुपर्छ ।” जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महत्तोले हाम्रो समाजमा परम्पराका रूपमा रहेका यस्ता सीपलाई परिमार्जन गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । ‘‘यसको संरक्षण, प्रवद्र्धन तथा बजारीकरणको माध्यमबाट परम्परागत सीप विकास आवश्यक छ”, महतोले भन्नुभयो, “गाउँपालिका उहाँहरुको सीप विकास, व्यावसायिक विकासमा सहयोग गर्न तयार छ ।”
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement