Advertisement
Advertisement
Advertisement
Advertisement

गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि गर्भको बच्चामा सङ्क्रमण सर्ने जोखिम न्यून

  |      15:52:00   |  
Web Image
Web Image

भदौ १३, काठमडौं । गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण)मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी अपनाउनुपर्ने हुन्छ ।

परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा। कृतिपाल सुवेदीका अनुसार, सामान्य अवस्थामा भन्दा पनि गर्भवती हुँदा कोरोना जोखिम बढी हुन्छ । तर, गर्भवती महिलामा सङ्क्रमण भइहाले पनि पेटको नानीमा सङ्क्रमण हुन्छ नै भन्ने हुँदैन । गर्भवती अवस्थामा रोग प्रतिरोधात्मक क्षमता कम हुने (रोगसँग लड्ने क्षमता) हुँदा सरसफाइलगायत स्वास्थ्य सुरक्षाका सन्दर्भमा बढी सतर्कता अपनाउनुपर्छ । गर्भवती अवस्थामा यसै पनि विभिन्न स्वास्थ्य समस्या आउने भएकाले स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने उनी बताउँछन् ।

गर्भवती अवस्थामा महिलामा ‘हार्मोन’ परिवर्तन हुने भएकाले यस्तो अवस्थामा कोरोना सङ्क्रमित हुनु भनेको आमा र शिशु दुवैलाई खतरा हुन्छ । यस्तो बेला सामान्य लक्षणमात्र देखिएमा घरमा एकान्तवास बस्नुपर्छ तर अक्सिजनको मात्रा कम भएमा, श्वासप्रश्वास छिटो–छिटो भएमा, एक सयभन्दा बढी तापक्रम भएमा वा लगातार खोकी आएमा चिकित्सकसँग परामर्श लिने वा अस्पतालको सम्पर्कमा जानुपर्ने सुझाव डा. सुवेदीको छ ।

उनका अनुसार, कोरोना सङ्क्रमित गर्भवतीको सहज प्रसूति गराउन सकिन्छ तर केही गरी निमोनिया छ वा अन्य समस्या आएमा शल्यक्रिया गरी प्रसूति गराउनुपर्ने हुन्छ । यसरी प्रसूति गराउनचाहिँ सामान्य स्वास्थ्यचौकीभन्दा सुविधासम्पन्न अस्पतालमा जानुपर्ने हुन्छ । किनभने सङ्क्रमित आमा वा शिशुलाई सघन कक्षदेखि भेन्टिलेटरको पनि आवश्यकता पर्न सक्छ ।
 

प्रसूति गृहमा दैनिक दुई/तीनजना कोरोना सङ्क्रमित गर्भवती पुग्ने गरेका छन् । प्रसूतिका लागि चिकित्सकले दिएको समय कटेको अवस्था वा टाउको दुख्नेलगायत कुनै पनि असजिलो वा स्वास्थ्य समस्या भएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्ने सुझाव डा. सुवेदीको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement