Advertisement
Advertisement
Advertisement
Advertisement

गर्भवती र सुत्केरीलाई पोषिलो खाद्य सामग्री

  |      16:35:00   |  
गर्भवती र सुत्केरीलाई पोषिलो खाद्य सामग्री
जेठ ५, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका गर्भवती र सुत्केरी भएका महिलालाई पोषिलो खाद्य सामग्री उपलब्ध गराइएको छ । गर्भवती र सुत्केरी भएकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी कोरोना भाइरसको सङ्क्रमणबाट बचाउनका लागि गाउँपालिकाको समन्वयमा एनएनएसडब्लुए नामक गैरसकारी संस्थाले पोषिलो खाद्य सामग्री वितरण गरेको हो । 
 
गर्भवती र सुत्केरी भएकालाई आधा किलो घ्यू, दुई किलो सुजी, एक क्यारेट अण्डा, काजु, बदाम र ओखरलगायतका खाद्य सामग्री उपलब्ध गराइएको संस्थाका कार्यकारी निर्देशक अशोककुमार जैरुले बताउनुभयो । गाउँपालिकामा बसोबास गर्दै आएका १०० सुत्केरी र गर्भवती महिलालाई पोषिलो खाद्य सामग्री उपलब्ध गराइएको उहाँको भनाइ छ ।
 
बन्दाबन्दीका कारण खाद्य अभाव झेल्दै आएका अपाङ्गता भएका व्यक्ति र निकुञ्ज विस्थापित गरी ३६६ परिवारलाई चामल, दाल, तेल, नुन, चियापत्ती र खुर्सानीलगायत वितरण गरिएको छ । “रोग प्रतिरोधात्मक क्षमता कम हुँदा सुत्केरी हुने महिला र गर्भवती भएका महिला कोरोना भाइरसको निकै उच्च जोखिममा रहेका हुन्छन्”, कार्यकारी निर्देशक जैरुले भन्नुभयो, “परिवारले समेत बन्दाबन्दीका बेला पोषणयुक्त आहारको व्यवस्था गर्न निकै मुस्किल हुने भएकाले यिनै कुरालाई मध्यनजर गर्दै पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको छ ।” 
 
संस्थाले दातृ निकायको सहयोगमा सुत्केरी भएका र गर्भवती भएका महिलाको स्वास्थ्य अवस्था सुदृढ बनाउनका लागि सुनौला हजार दिन कार्यक्रम सञ्चालन गरेको छ । अन्य स्थानीय तहका विपन्न अवस्थाका परिवारका गर्भवती र सुत्केरी भएका महिलालाई समेत बन्दाबन्दीका बेला पोषिलो खाद्य सामग्री उपलब्ध गराउने संस्थाको योजना रहेको छ । 
 
जनस्वाथ्य कार्यालयका अनुसार जिल्लामा गर्भवती भएका महिलाको सङ्ख्या १३ हजार ८३६ रहेको छ । चालू आवमा पाँच हजार ९१९ महिलाले स्वास्थ्य संस्थामा सुरक्षित तरिकाले सुत्केरी भएका छन् । यसअघि संस्थाले कैलाली कञ्चनपुरका १३ स्थानीय तहका दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई राहत सामग्रीसमेत वितरण गरेको थियो । 
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement