माघ १६, काठमाडौं । पुदिना
पुदिनामा मेन्थल भन्ने तत्व हुन्छ जसले घाँटीमा जमेको खकारलाई जम्मा हुन दिंदैन । श्वासप्रश्वास सहज पार्ने र खोकी निको हुन्छ ।
अदुवा
अदुवामा एन्टीइन्फ्लामेटरी इफेक्ट हुन्छ । जसले घाँटीको मांसपेशीलाई आराम दिन्छ । जसले खोक्न सहज हुन्छ ।
ल्वाङ्ग
ल्वाङमा एन्टीमाइक्रोबियल प्रभाव हुन्छ । यसले पनि खोकीलाई बिस्तारै कम गर्छ ।
मह
महले सुक्खा खोकी निरन्तर लागेर हैरान बनाएको बेलामा मह खाने गर्नाले सञ्चो हुन्छ । महले घाँटीलाई सुक्खा हुन दिँदैन र सुक्खा खोकी लाग्ने क्रमलाई कम गरिदिन्छ,
बेसार
बेसारले एलर्जी र भाइरल दुवै समस्यालाई निको पार्छ । बेसारमा पाइने कर्क्युमिन रुघाखोकीको समस्यासँग लड्न प्रभावकारी तत्व मानिन्छ ।