Advertisement
Advertisement
Advertisement
Advertisement

खेतमा गाडिएको अवस्थामा शवको अवशेष फेला, शव गलाउन नुनको प्रयोग

  |      10:00:00   |  
web image
web image

असार १४,  ।  जेठ १९ गते हराएकी एक महिलाको शवको अवशेष आफ्नै खेतमा गाडिएको अवस्थामा फेला परेको छ। महोत्तरीको लोहारपट्टी ७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको परिवारले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ। माइतीकै किटानी जाहेरीका आधारमा भएको खोजतलासमा प्रहरीले आइतबार शवको अवशेष भेटेको हो। 

घरबाट एक किलोमिटर पर रहेको खेतमा खाल्डो खनी गाडिएको पाइएको छ। शव पूरै गलेको छ। त्यसलाई गलाउन नुनसमेत राखिएको भेटिएको छ। माइती पक्षले बेपत्ता छोरीका देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससुरा पतिराम ठाकुरसहित परिवारजनले हत्या गरेर शव लुकाएको आरोप लगाएको छ। सुजिताका पति भने सुस्त मनस्थितिका छन्। हाल पनि उनी श्रीमतीबारे बेखबर छन्।

सुजिताका दाजु शिवम पाण्डलेले भने, ‘एक–डेढ वर्ष पहिले पनि देवर रुपेशले बहिनीलाई ज्यान मार्ने धम्की दिएको थियो। तकिया मुखमा कोचेर मार्न खोजेको थियो। उनी त्यतिबेला हातमा दाँतले टोकेर बाँचेकी थिइन्। तर, सधैँ एकनाश हुँदैन। आखिर पापीहरूले मेरो बहिनीको ज्यान लिएरै छाडे।’ गत जेठ १९ गते रुपेशले शिवमलाई फोन गरेर भनेका थिए, ‘तपाईंको बहिनी झै–झगडा गर्दैछ। तपाईंहरू आउनुस्, लिएर जानुस्।’ आउन लागेको बेला फेरि फोन आयो र भनियो, ‘आउनु पर्दैन, सबै कुरा मिलिसक्यो।’ 

त्यही दिनदेखि सुजिता बेपत्ता पारिइन्। सम्पर्कविहीन भएपछि माइती पक्ष बुझ्न जेठ २१ गते भ्रमरापुर गयो। ‘तपाईंको छोरी÷बहिनी अर्कैसँग भागिसक्यो भनेर हामीलाई भने। हामीलाई विश्वास लागेन। बहिनीको कोठामा लगाइएको ताला फोडेर हे@yenयौं। त्यहाँ उनका सामान, लत्ताकपडा, गरहना सबै छँदै थिए’, उनले भने, ‘यसले झन् शंका बढायो। तर, हामीसँग खोज्नेबाहेक अन्य कुनै विकल्प पनि थिएन।’

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement