Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना भाइरस: इटलीलाई उछिन्दै मृत्युको सङ्ख्या अमेरिकामा विश्वकै उच्च

  |      10:15:00   |  
कोरोना भाइरस: इटलीलाई उछिन्दै मृत्युको सङ्ख्या अमेरिकामा विश्वकै उच्च

चैत ३०, काठमाडौँ । कोरोनाभाइरस सङक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या विश्वभरमै अमेरिकामा सबैभन्दा उच्च पुगेको छ।

अमेरिकाले यसअघि सबैभन्दा धेरैले ज्यान गुमाएको तथ्याङ्क भएको इटलीलाई उछिनेको हो।

जोन्स हप्किन्स विश्वविद्यालयले तयार पारेको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा २० हजार भन्दा धेरैले ज्यान गुमाएका छन्।

अवस्था
कोभिड(१९ का कारण एकैदिनमा दुई हजारभन्दा धेरैले ज्यान गुमाउने पहिलो देशको रूपमा अमेरिका देखा परेको केहीबेरमै धेरैलाई चिन्तित पार्ने यस्तो तथ्याङ्क बाहिर आएको हो।

न्यू योर्कका गभर्नर एन्ड्र्यू कोउमोले शनिवार आफ्नो राज्यमा मृत्युको सङ्ख्या स्थिरतातर्फ गइरहेको देखिएको बताएका थिए।

कोरोनाभाइरसविरुद्धको औषधी परीक्षणको परिणाम ुउत्साहजनकु

लकडाउन चाँडो खुला गरे कोरोनाभाइरसको घातक पुनरुदय हुने चेतावनी

पछिल्लो २४ घण्टामा ज्यान गुमाएका ७८३ जनाको मृत्युलाई देखाउँदै उनले पछिल्ला केही दिनदेखि मृत्यु त्यही सङ्ख्याको आसपासमा रहेको जनाएका थिए।

गभर्नर कोउमोले भनेस् “यी क्षति र पीडा चित्रण गर्ने अपत्यारिला सङ्ख्या हुन्।”

केन्द्रविन्दु न्यूयोर्क

अमेरिकामा यस महामारीको केन्द्रविन्दु न्यू योर्क राज्य बनेको छ।

अमेरिकाभर ५ लाख २० हजारभन्दा बढि सङ्क्रमित रहेकामा १ लाख ८० हजारभन्दा बढि न्यू योर्क राज्यमा छन्।शनिवारसम्म यस महामारीसँग जुझ्नका लागि सबै अमेरिकी राज्यले सङ्कटकाल घोषणा गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लागु गरेको सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई एप्रिल ३० सम्म तोकिएका छन्।महामारीकैबीच पछिल्ला सातामा अमेरिकाको बिग्रँदो अर्थतन्त्रका कारण जागिर गुमाउने कम्तीमा एक करोड ६० मानिसहरूको दबाब खेपिरहेका छन्।

ट्रम्पले शुक्रवार भने अवस्था सामान्यिकरण गर्नका लागि एक साताभित्रै व्यापार र स्वास्थ्य सम्बन्धी सूचि सहितको ुआफूले गर्नुपर्ने अहिलेसम्मकै ठूलो निर्णयु लिने बताएका थिए।

के गर्मी महिनामा कोरोनाभाइरस महामारी कम होला

कोरोनाभाइरसविरुद्ध बन्ने खोप धनी देशले थुपार्ने सम्भावना कति

अमेरिकी संसद् कङ्ग्रेसमा कोभिड(१९ सँग जुझ्ने अर्को तहको आर्थिक राहतबारे बहस भइरहँदा ट्रम्पको त्यस्तो भनाइ आएको हो।

डेमोक्र्याटहरूले नयाँ प्रस्तावित २५० अर्ब डलरको राहत कार्यक्रमले साना व्यवसायहरूलाई सहयोग गर्नुका साथै अस्पतालहरू र स्थानीय सरकारलाई थप आर्थिक सहायता दिनुपर्ने बताउँदै आएका छन्।

बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement