असार ६, काठमाण्डौ । प्रवेश नाकामा कडाई नहुँदा पछिल्लो समय काठमाण्डौमा बाहिरी जिल्लाबाट आउनेको संख्या बढिरहेको छ । यसले बाहिरी जिल्लाबाट काठमाण्डौमा कोरोना भित्रिने गतिमा समेत तीव्रता आउन थालेको छ । यही क्रममा पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ८ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाण्डौमा १ र भक्तपुरमा ७ गरी ८ जना थप संक्रमित फेला परेका हुन् । दुवै जिल्लाका ८ संक्रमित महिला हुन् ।
यो समयमा देशभर ३३१ संक्रमित फेला परेका छन् । योसहित देशभर संक्रमितको कुल संख्या ८ हजार ६०५ पुगेको छ ।
पछिल्लो समयमा देशका विभिन्न स्थानबाट १७६ संक्रमित निको भएर घर फर्किएका छन् ।