असार १, काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ५ नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस व्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा काठमाण्डौ र ललितपुर जिल्लामा ५ नयाँ संक्रमित भेटिएका बताएको हो ।
मन्त्रालयका अनुसार काठमाण्डौका ४ जना र ललितपुरका एकजनामा सक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाण्डौका २ पुरुष र २ महिला रहेका छन् भने ललितपुरको एक महिला रहेकी छिन् ।
यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ४५१ नयाँ संक्रमितको पहिचान भएको छ । योसहित देशका कुल संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।
सोमबार कोरोनामाथि जित हासिल गरी घर फर्किनेहरुको पनि बढेका छन् । अब यसरी संक्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या १ हजार ४१ पुगेको मन्त्रालयले जनाएको छ ।