जेठ ३२, काठमाडौँ । नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरसबाट ४२५ जना थप मानिसहरूमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ।
योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या ५,७६० पुगेको छ।
गुल्मीमा एक पुरूषको आइसोलेसनस्थलमा मृत्यु भएको छ। उनी क्यान्सरबाट ग्रसित रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
अब सरकारले निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने जनाएको छ।
बीबीसी