जेठ १६, काठमाठौँ । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बिहीवार अपराह्ण नेपालमा अब सङ्क्रमितको कुल सङ्ख्या १,२१२ पुगेको बताए।
यो एकै दिन बढेको अहिलेसम्मको सर्वाधिक सङ्ख्या हो। बुधवार ११४ जनामा र बिहीवार १५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
नेपालमा कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या पाँच छ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ृअन्तर्क्रियात्मक नक्सो
नेपालमा झन्डै ५,००० जनालाई कोरोनाभाइरस सङ्क्रमण हुने नयाँ प्रक्षेपण
डा। देवकोटाका अनुसार अहिलेसम्म निको हुनेको सङ्ख्या २०६ छ।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि ९९,३३६ व्यक्ति क्वारन्टीन र १,००० जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्।
बीबीसी