Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना भाइरसबाट विश्वभर ९६ नेपालीको मृत्यु, सात हजार सङ्क्रमित

  |      11:00:00   |  
कोरोना भाइरसबाट विश्वभर ९६ नेपालीको मृत्यु, सात हजार सङ्क्रमित
जेठ ४,  काठमाडौँ ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणका कारण  शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेका छन्  । गैरआवासीय नेपाली संघ ९एनआरएनए०, स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ ।
 
यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या  १५ पुगेको छ ।  संयुक्त अरब इमिरेट्स ९युएइ० मा नौ, साउदी अरबमा दुई तथा आयरयाण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन र नेपालमा एकएक जनाको मृत्यु भएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो ।  मृत्यु हुनेमा ७७ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ ।
 
कोरोना भाइरसका कारणले यो साता मात्र नेपालसहित थप १८ जनाले ज्यान गुमाएका हुन् । सो साता ज्यान गुमाउनेमा बेलायत १२, युएई तीन, साउदी अरब दुई र नेपाल एक  रहेको एनआरएन स्वास्थ्य समितिले जनाएको छ । यस्तै एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक विश्वभर छ हजार ७८१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।   तीमध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र  एशियामा पाँच प्रतिशतमा संक्रमणमा देखिएको छ ।  अष्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको छ । अफ्रिकी मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको  कोडिभ –१९, उच्चस्तरीय समिति एनआरएनका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । 
 
  संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । डा सापकोटाले कोरोना संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन नेपाली समुदायलाई अनुरोध गर्नुभएको छ । उहाँले कोरोना संक्रमणको शंका लागेका तुरुन्त आफ्नो चिकित्सककहाँ वा संघको स्वास्थ्य सेवा हटलाइनमा सम्पर्क गर्न आह्वान गर्नुभएको छ ।
 
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडानुसार ११ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपाली कोभिड १९ बाट संक्रमित छन् ।  स्वास्थ्य समितिका अनुसार  कतारमा दुई हजार पाँच सय, अमेरिकामा एक हजार ६ सय, बेलायतमा एक हजार २२१, बहराइनमा ३११, युएईमा दुई सय, कुवेतमा ८४, नेपालमा २८१, साउदी अरबमा ६७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेन र क्यानडामा १३–१३, अष्टे«लियामा १२, जापान र  माल्दिभ्समा १०–१०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा पाँच, जर्मनी र  फिनल्याण्डमा चार, साइप्रस र न्युजिल्याण्डमा तीनतीन, माल्टा, हङ्गकंङ्ग र  पोल्याण्डमा दुईदुई तथा म्यान्मा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।
 
राहत वितरण
  एनआरएनले कोभिड –१९ बाट प्रभावित देशमा राहत वितरण भइरहेको जनाएको छ । संघका महासचिव डा हेमराज शर्माका अनुसार ४९ देशका तीन सय क्षेत्र ९शहर० मा एक हजार ६ सयभन्दा बढी स्वयमसेवक र स्वास्थ्य सेवामा ७० भन्दा बढी मेडिकल चिकित्सक परिचालन गरिएको छ । संघका अनुसार शनिबार साँझसम्म ३८ हजारभन्दा बढी गैरआवासीय नेपालीले प्रत्यक्ष र ४० हजारभन्दा बढीले परामर्शसेवा प्राप्त गरेका छन् ।
 
मलेसिया, युएई, साउदी अरब, कुवेत, बहराइन, स्पेन, पोर्तुगल, इटली, माल्टा र  साइप्रसमा  संस्थाले करीब रु  ५५ लाख आर्थिक सहयोगसमेत पठाएको संघका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत करीब ३५ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।
  यसअघि संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड –१९ उच्चस्तरीय समिति गठन गरेर विभिन्न उपसमिति गठन गरि विश्वभर राहतका लागि अभियान सञ्चालन गरेको थियो।
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement